विभिन्न कार्यक्रमका साथ प्रभु लाईफ इन्स्योरेन्सको तेश्रो वार्षिकोत्सव सम्पन्न
नेपालबहस संवाददाता
पुस १, २०७६ मंगलबार १८:४:१२
३० मंसिर, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो तेश्रो वार्षिकोत्सव कार्यक्रम देशका सातै प्रदेशमा विभिन्न कार्यक्रमहरुको आयोजनाका साथ सम्पन्न गरेको छ ।
कम्पनीले यसै उत्सव पारेर वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष स्वच्छ वातावरण तथा सरसफाई अभियानलाई प्राथमिकता दिएको छ ।
कम्पनीले प्रदेश नं. ३ अन्तर्गतको कार्यक्रममा, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंज, काठमाण्डौंलाई अस्पताल परिसरमा फोहर ब्यवस्थापनका लागि फोहर फाल्ने गार्बेज बिनहरु उक्त अस्पतालका नि. निर्देशक, अन्य विभागीय प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद पौडेलले हस्तान्तरण गरेका छन् । कार्यक्रममा कम्पनीका ब्यवस्थापन समुहका सबै सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रदेश नं. १, २, ३, गण्डकी प्रदेश, ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशहरुमा पनि कम्पनीका विभिन्न शाखा कार्यालयहरुले आ–आफ्नो क्षेत्रका सार्वजनिक उद्यान, पार्क, मठ–मन्दिर, सरकारी बिद्यालय तथा सरकारी अस्पतालको सरसफाई गरी उक्त स्थानहरुमा समेत गार्बेज बिनहरु उपलब्ध गराएको छ ।
गतवर्ष पनि यसैगरी कम्पनीले सातै प्रदेशका विभिन्न सरकारी विद्यालयका बिद्यार्थीहरुलाई पोशाक स्वेटर बितरण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुसहर समुदायमा जीवन बीमाबारे सकारात्मक चासो
साउन ३, २०८१ बिहिबार
नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा
असार १६, २०८१ आइतबार
बीमा सूचना केन्द्र स्थापना सम्बन्धी अन्तक्रिर्या कार्यक्रम सम्पन्न
जेठ २५, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार