सुन्नुस त बिहानको खानेकुरामा के खाने ?
नेपालबहस संवाददाता
पुस ११, २०७६ शुक्रबार १४:५२:२६
११ पुस एजेन्सी । ब्रेकफास्टमा लिइने खानेकुरा गलत पर्दा स्वास्थ्यलाई ठूलो नोक्सानी हुन्छ । खाजामा बिस्कुट, कुकिजको प्रयोग गर्नुहुन्छ भने आजैबाट छोडिहाल्नुस् ।
यसको प्रयोगले फ्याट बढाउनुका साथै पाचन प्रक्रियामा पनि असर पुर्याउँछ । बरु विकल्पमा फ्याट फ्री अन्डा, चनालगायतको प्रयोग गर्न सक्नुहुन्छ । यस्तो खाजाले तौलसमेत सन्तुलनमा राख्न मद्दत पु¥याउछ ।
बिहानको समय कफी पिउँदा भोक मेटिन्छ । तर, यसले स्वास्थ्यमा भने खराब असर पुर्याउँछ । गर्मीमा कोल्ड कफी पिउने प्रचलन हुन्छ । यसो पनि गर्नु हुँदैन ।
जुसलाई हामी स्वस्थकर पेय पदार्थका रूपमा लिन्छौँ । तर, ब्रेकफास्टमा कहिल्यै पनि प्याकिङ जुस प्रयोग गर्नु हुँदैन । यस्ता जुसमा चिनीको मात्रा बढी हुन्छ ।
यसको प्रयोगले फ्याट र चिनीको मात्रा बढाउँछ । त्यस्तै, सागपातको जुस पनि प्रयोग गर्नु हुँदैन । यसमा भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट हुन्छ तर फाइबर र प्रोटिन हुँदैन । यसको विकल्पमा पानी पिउन या सुन्तला खान सक्छौँ । जुन निकै स्वस्थकर मानिन्छ ।
तपाईं अन्डा र चिज स्यान्डविच आफैँ तयार गर्न सक्नुहुन्छ । त्यसैले यसलाई ब्रेकफास्ट मेनुमा पनि राख्न सक्नुहुन्छ । यस्तो स्यान्डविचको प्रयोगले असर गर्दैन । तर, फ्रोजन स्यान्डविचमा सोडियम र अस्वस्थकर फ्याट हुन्छ, जसको प्रयोग गर्दा राम्रो हुँदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके एआईले मधुमेहदेखि मानसिक रोगसम्म पत्ता लगाउन सक्छ ?
असोज ११, २०८१ शुक्रबार
यो बिर्सने रोगले तपाईको ज्यान लिन सक्छ !
असोज ३, २०८१ बिहिबार
यी चीजहरूले छालालाई जवान राख्छ, आफ्नो दैनिक आहारमा समावेश गर्नुहोस्
असोज २, २०८१ बुधबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार