भ्रमण वर्षमा बुटवलमा सडक खाना महोत्सवको तयारी
नेपालबहस संवाददाता
पुस १३, २०७६ आइतबार १५:२:३९
१३ पुस रुपन्देही । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नं ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ बुटवलमा दोस्रो सडक खाना महोत्सवको तयारी गरिएको छ ।
‘अतिथि देवो भव, पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान, सडकमै खाऔँ सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घ रुपन्देहीले यही पुस १४ देखि १६ गतेसम्म बुटवलमा सडक खाना महोत्सवको आयोजना गर्न लागेको हो ।
शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी सङ्घका अध्यक्ष समुन्द्र जिसीले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लगि सडक खाना महोत्सव आयोजना गर्न लागेको बताए । सोही दिन सुजाता खिर र दहीको कडीलाई रुपन्देहीको विशेष परिकारको रूपमा घोषणा गरिने उनले बताए ।
अध्यक्ष जिसीले तीन दिनसम्म साँझ ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने महोत्सव अवधिभर करीब रु पाँच करोडको आर्थिक कारोवार हुने र दुई लाख बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने अपेक्षा राखेको बताए ।
महोत्सव प्रचार–प्रसार समितिका संयोजक बाबुराम गौतमले बुटवल उपमहामनगरपालिका–९ कालिकापथको तीनकुनेबाट शिवालयचोकसम्मको सडकमा सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका खानाका परिकारको स्वाद चाख्न पाइने बताए ।
महोत्सवमा विभिन्न खानाका परिकारसहितका १०० स्टल रहने महासचिव माधवकुमार खनालले बताए । सडक खाना महोत्सवमा अस्थायी संरचना निर्माण गर्नुपर्ने र सडकमा कार्यक्रम गर्नुपर्ने भएकाले रु ३० लाख बढी खर्च हुने अनुमान आयोजकले गरेका छन । खाना महोत्सव क्षेत्रमा सिसीटिभी क्यामेरा जडान, फ्रि वाइफाई, प्राथमिक उपचारकक्षको समेत व्यवस्था मिलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार