भारत, भूटान र बङ्गलादेशका नागरिकलाई भ्रमणको निम्तो
नेपालबहस संवाददाता
पुस १३, २०७६ सोमबार ३:१:१४
१३ पुस भद्रपुर । भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनाराययण अर्यालले नेपाल भ्रमण वर्ष २०२० मा नेपालको भ्रमण गर्न भारत, भूटान र बङ्गलादेशका नागरिकलाई आह्वान गरे ।
भारतीय उद्योग परिसङ््घले पश्चिम बङ्गालको सिलिगुडीमा शनिबार आयोजना गरेको सातौं उत्तर बङ्गाल सम्मेलनको उद्घाटन सभामा महावाणिज्यदूत अर्यालले संसारकै दश उत्कृष्ट गन्तव्यस्थलमा परेको नेपालको प्राकृतिक र सांस्कृतिक सौन्दर्य हेर्न नेपाल भ्रमणमा जान छिमेकी मुलुकका नागरिकलाई अनुरोध गरे ।
पश्चिम बङ्गालका पर्यटनमन्त्री गौतम देवको उपस्थितिमा भएको सम्मेलनमा नेपाल, भूटान र बङ्गलादेशका उद्योग तथा पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाका उच्च तहका प्रतिनिधि सहभागी थिए । महावाणिज्यदूत अर्यालले नेपाल, भारत, भूटान र बङ्गलादेशले पर्यटन र व्यापारमा सहकार्य गरेर साझा उपलब्धि र आर्थिक समृद्धि हासिल गर्न सक्ने धारणा व्यक्त गरेका गरे ।
उनले काँकडभिट्टा र पशुपतिनगर नाकामा नेपालले उच्च सुविधा र प्रविधियुक्त अध्यागमन कार्यालय सञ्चालन गरिसकेको उल्लेख गर्दै सोहीस्तरको अध्यागमन कार्यालय भारतीय नाकामा स्थापना गर्न आग्रह गरे। पश्चिम बङ्गालका पर्यटनमन्त्री देवले नेपाल र भारत एउटै हिमशृङ्खला र संस्कृति भएका मुलुक भएको हुँदा पर्यटनका साझा लक्ष्य पहिल्याउँदै आर्थिक विकासलाई तीव्र बनाउन आवश्यक भएको बताए ।
कार्यक्रममा प्रदेश नं–१ का पर्यटकीय गन्तव्यको वृत्तचित्र प्रस्तुत गरिएको थियो भने पश्चिम बङ्गालका पर्यटनमन्त्री देवलगायतका भूटान र बङ्गलादेशका प्रतिनिधिलाई नेपाल भ्रमण वर्ष २०२० को लोगो अङ्कित पिन र पर्चा वितरण गरिएको थियो ।
कोलकातास्थित बङ्गलादेशी महावाणिज्यदूत मोहम्मद शमसुल अरिफ, पश्चिम बङ्गाल राज्य सरकारकी पर्यटन सचिव श्रीमती शान्ता प्रधान, कोलकातास्थित नेपाली सह–महावाणिज्यदूत तर्कराज भट्ट, पर्यटन अभियन्ता राज वसुलगायतले एशियाली राजमार्गको निर्माणले नेपाल, भारत, भूटान र बङ्गलादेशले आपसी व्यापार र पर्यटनमा लाभ उठाउने धारणा व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार