कालीगण्डकी नदीमा २५ लाखमा ‘क्रुजसिप’ सञ्चालन
नेपालबहस संवाददाता
पुस १४, २०७६ सोमबार १२:८:२२
१४ पुस पोखरा । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कालीगण्डकी नदीमा ‘क्रुजसिप’ सञ्चालन गरिएको छ । कालीगण्डकी जलविद्युत् आयोजना निर्माणसँगै बनेको कृत्रिम जलाशयमा पर्वत, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल कालीगण्डकी नदीको सात किलोमिटर लम्बाइमा क्रुजसिप सञ्चालन गरिएको हो ।
इटहरीमा निर्माण गरिएको सो क्रुजसिप माउण्ट मकालु पानीजहाज शालिग्राम कालीगण्डकी जल यातायात ‘पानी जहाज’ कम्पनी प्रालिद्वारा रु २५ लाखमा खरीद गरी सञ्चालनमा ल्याएको हो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सो क्रुजसिपको उद्घाटन गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सञ्चालनमा ल्याइएको क्रुजसिपले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । मन्त्री लम्सालले कालीगण्डकी नदी प्राकृतिक, साहसिक तथा धार्मिक पर्यटकीय हिसाबले समेत महत्वपूर्ण रहेको बताए ।
देवघाट, रानीमहल, सेतीवेणी, मोदीवेणी हुँदै मुक्तिनाथसम्मको धार्मिक पर्यटकीयस्थललाई ‘प्याकेज’का रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले कालीगण्डकी नदीमा सञ्चालन गरिएको क्रुजसिप प्रदेशमै पहिलो भएको जानकारी दिए ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले पर्यटकीय प्रचूर सम्भावना बोकेको कालीगण्डकी जलशायमा जलयात्रासँगै अन्य पर्यटकीय गतिविधि बढाउनुपर्ने आवश्यकता औँल्याए । पर्वतको विहादी गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिकामा पर्ने यस क्षेत्रमा तिनै तहको समन्वयका आधारमा पर्यटन प्रवद्र्धन गर्नु अपरिहार्य रहेको उनको भनाइ छ ।
कालीगण्डकी गाउँपालिका–७ मिर्मीबाट शुरु भएको जलयात्रा प्रसिद्ध पर्यटकीयस्थल शालिग्राम भएको स्थान सेतीवेणीसम्म पुगिन्छ । विश्वकै ठूलो शालिग्राम दर्शन गर्न आउने पर्यटकले जलयात्रा गरी मनोरञ्जन प्राप्त गर्न सक्नेछन् । सेतीवेणीबाट जल यात्रा गर्ने पर्यटक अब १० मिनेटमै सो धार्मिक क्षेत्रसम्म पुग्ने कम्पनीका सञ्चालक चित्रबहादुर रानाले जानकारी दिए ।
छ महिना अगाडि नेपाल सरकारबाट मकालु पानीजहाज सञ्चालनका लागि अनुमति प्राप्त गरेको कम्पनीले अहिले २० सिटको क्रुजबाट यात्रा शुरु गराए तापनि तीन महिनाभित्र थप गरी १२० जना क्षमता पु¥याउने लक्ष्य लिएको छ ।
यसअघि कालीगण्डकी जलाशयमा इञ्जिन र काठबाट निर्माण गरिएका ५० देखि १०० जना क्षमताका १० वटा स्टिमर सञ्चालनमा रहेका छन् । स्टिमरले प्रतिव्यक्ति रु १५० लिने गरेको र क्रुजसिपले रु २०० देखि २५० सम्म लिने तयारी भइरहेको जनाएको छ ।
उद्घाटन कार्यक्रममा कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइराला, वडा नं ५ का वडाध्यक्ष विष्णु बस्याल, गल्याङ नगरपालिका–७ का वडाध्यक्ष मुिक्तप्रसाद भट्टराई, कालीगण्डकी जल यातायात कम्पनीका सचिव हरि भट्टराईलगायतले कालीगण्डकीमा सञ्चालन गरिएको क्रुजसिपले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण थप्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार