देउवा र काेइरालाकाे लञ्च वैठक बुढानीलकण्ठमा, अब कसको नेतृत्वमा लेला कांग्रेसले नयाँ गति ?
नेपालबहस संवाददाता
पुस १४, २०७६ सोमबार १९:२०:२५
१४ पुस काठमाडौं । गुटगत राजनीतिको चरम उत्कर्षमा पुगेको नेपाली कांग्रेस भित्रको पछिल्लो घरझगडाले समग्र लोकतन्त्रकै उपहास गरिरहेको छ । देशमा प्रजातन्त्र ल्याउन पटकपटक क्रान्तिको नेतृत्व गरेको नेपाली कांग्रेस शेरबहादुर देउवाको पोल्टामा पुगेपछि गुटैगुटको झुण्डमा परिणत भएको छ ।
जसरी पनि सत्ता प्राप्त गर्नुपर्छ भन्ने कम्युनिष्ट सिद्धान्तकै सिको गरेका देउवाले नेपाली कांग्रेसको क्रान्तिकारी छवि त धुमिल्याए नै, आम कार्यकर्ताको भावनामा समेत ठेस पु¥याएका छन् । पार्टी भित्र असन्तुष्ट भनिएका रामचन्द्र पौडेलको गुट पनि समग्र पार्टीको हित भन्दा भागवण्डाकै राजनीतिको दलदलमा नराम्ररी जकडिएको छ ।
दुबै पक्षको झगडा लेनदेनमा टुंगिने प्रवृत्तिले कांग्रेसप्रतिको आकर्षण ह्वात्तै घटेको हो । त्यसैको परिणाम स्वरुप गत आम निर्वाचनमा नेपाली जनताले जनादेश दिएका हुन् । जनताबाट प्राप्त मतको कांग्रेस नेताले कहिल्यै सम्मान गर्न सकेनन् ।यस्तो विषम परिस्थितिमा समेत उनीहरु आफैं जुधिरहेका छन् । एकले अर्कालाई पूर्णतः निषेध गरेरै पार्टी नेतृत्व हत्याउने दुबै पक्षको सोच देखिन्छ ।
सकेसम्म मिलेर खाने, नपाए चाहिंं कुस्ती खेल्ने प्रवृत्ति झाँगिएको देखिन्छ । संस्थापन पक्षले बहुमतको भरमा एकलौटी निर्णय लिन थालेको छ भने असन्तुष्ट पक्ष पनि त्यसको प्रतिकारमा गुटगत राजनीतिलाई बढावा दिन अग्रसर भएको छ ।संस्थापन पक्षले बहुमतका आधारमा निर्णय गर्न सुरु गरेपछि असन्तुष्ट पक्षले जिल्ला जिल्लाबाट नेताहरुको भेला गराउने रणनीति सुरु गरेको छ ।
आफू पक्षधर जिल्ला नेताहरुलाई राजधानीमा बोलाएर जेहाद छेड्ने नीति पौडेल पक्षले थालेको छ । साथै पार्टी सभापति देउवाविरुद्ध घेराबन्दी गर्ने तयारी पनि सुरु भएको छ । गत पुस ११ गते संस्थापन पक्षले असन्तुष्ट पक्षको सहभागिता बिना एकलौटी ढंगले निर्णय गरेपछि विवाद उत्कर्षमा पुगेको हो । चौतर्फी घेराबन्दीको सुइँको पाएका देउवाले नयाँ रणनीति अपनाउन थालेका छन् ।
देउवाले अब पौडेल र आफूले विस्तारै विश्राम लिनुपर्ने तर भरपर्दाे नेतृत्वको विकास भइनसकेको पनि कोइरालालाई बताएका थिए । देउवाले यस्तो प्रस्ताव गरेपनि शशांकले सबै कुरा पार्टी भित्रै खुला छलफल गरेर जानुपर्ने भन्दै गुटको राजनीतिबाट टाढा जान आफू प्रतिवद्ध रहेको बताएका थिए ।
पार्टी महामन्त्री डा. शशांक कोइराला देउवा विरुद्ध मुखर भएर आगो ओकल्न थालेकाले नयाँ रणनीति थालेका हुन् । उनी अब महामन्त्री कोइरालालाई आफूतिर आकर्षित गर्ने दाउमा जुटेका छन् । सोही रणनीति अन्तर्गत आज बिहान देउवाले महामन्त्री डा. कोइरालालाई बुढानीलकण्ठ बोलाएका थिए । लञ्च बैठकका लागि बोलाइएका कोइरालासँग देउवाले झण्डै दुई घण्टा कुरा गरे ।
कुराकानीका क्रममा आगामी महाधिवेशन र भातृ एवं शुभेच्छुक संस्थाबारे लामै बहस भएको थियो । स्रोतका अनुसार, छलफलका बेला देउवाले अबको सभापति तपाई नै हो भन्दै रामचन्द्र पौडेल पक्षलाई त्यागेर आफूतिर आउन घुमाउरो पाराले प्रस्ताव गरेका थिए । तर उक्त प्रस्तावबारे शशांकले ठाडै अस्वीकार गरेको स्रोतले बताएको छ ।
साथै देउवाले अब पौडेल र आफूले विस्तारै विश्राम लिनुपर्ने तर भरपर्दाे नेतृत्वको विकास भइनसकेको पनि कोइरालालाई बताएका थिए । देउवाले यस्तो प्रस्ताव गरेपनि शशांकले सबै कुरा पार्टी भित्रै खुला छलफल गरेर जानुपर्ने भन्दै गुटको राजनीतिबाट टाढा जान आफू प्रतिवद्ध रहेको बताएका थिए । देउवाले महामन्त्री कोइरालालाई बोलाएर यस्ता प्रस्ताव गर्नुको अर्थ नहुने विज्ञहरुको भनाई छ ।
देउवा विरोधी खेमालाई समेत उनले समेट्न सकेनन् । त्यसैको उपजका रुपमा कृष्णप्रसाद सिटौलाले नयाँ गुट सिर्जना गरे । आज पौडेलको हविगत धुमिल पार्न सिटौला पनि प्रमुख कारक बनेका छन् । सिटौलाको सहयोग लिन सकेको भए गएको पार्टी महाधिवेशनमै पौडेल सभापति चुनिन सक्थे । सानो र संकीर्ण घेरामा रमाउने पौडेलको स्वभाव नै पार्टी सुदृढीरणका लागि बाधक बनेको छ ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको बिचारमा अब बुढा पुस्ताका नेताले अरुलाई फकाउने र तान्ने भन्दा पार्टी भित्र स्वस्थ प्रतिस्पर्धा गर्ने वातावरण तयार गर्नु राम्रो हुने छ । अब हुने महाधिवेशनमा देउवा र पौडेल दुबैको सान्दर्भिकता नरहने उनको ठम्याई छ । नयाँ युग र परिवेश अनुसारको नेतृत्वले मात्र अबको नेपाली काँग्रेस हाँक्न सक्छ – आचार्य भन्छन् । केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारप्रति नेपाली जनताको चरम विकर्षण छ , त्यो मतलाई आफूतिर आकर्षित गर्ने काम नेपाली काँग्रेसले गर्न सक्नु पर्छ ।
तर देउवा र पौडेलबाट त्यो संभव छैन । त्यसैले नयाँ पुस्ताको आगमनले मात्रै नेपाली कांग्रेसलाई पुनर्ताजगी गर्न सक्छ । तर देउवा र पौडेलका पछिल्ला गतिविधि भने त्यस अनुकुल देखिंदैनन् । दुबै नेता काँग्रेसको नेतृत्व गर्ने अभिलाषाका साथ अघि बढिरहेका छन् । देउवा पार्टी सभापतिमा निर्वाचित भएयता कांग्रेसले कुनै उपलव्धि प्राप्त गर्न सकेको छैन । पार्टी भित्रको कोइराला विरासत भत्काएको भन्दै चर्का कुरा गर्ने देउवा मार्काका नेताले पनि पार्टीलाई सुदुढ पार्न माखो मारेनन् । यस्तै कोइरालाको विरासत हत्याएँ भनेर मख्ख परेका पौडेल पनि सबै काँग्रेसलाई समेट्न अक्षम देखिए ।
देउवा विरोधी खेमालाई समेत उनले समेट्न सकेनन् । त्यसैको उपजका रुपमा कृष्णप्रसाद सिटौलाले नयाँ गुट सिर्जना गरे । आज पौडेलको हविगत धुमिल पार्न सिटौला पनि प्रमुख कारक बनेका छन् । सिटौलाको सहयोग लिन सकेको भए गएको पार्टी महाधिवेशनमै पौडेल सभापति चुनिन सक्थे । सानो र संकीर्ण घेरामा रमाउने पौडेलको स्वभाव नै पार्टी सुदृढीरणका लागि बाधक बनेको छ ।
त्यसैले यी दुबै नेताबाट कांग्रेस बौरिने संभावना न्यून छ । तर यिनको विकल्पमा को त ? भन्ने प्रश्नको पनि भरपर्दाे जवाफ कांग्रेससँग छैन । महामन्त्री डा. कोइरालाको कार्यशैली र जीवनपद्धति नै धेरैका लागि चिन्ताको विषय बन्ने गरेको छ । बीपी कोइरालाको छोरा हुनु र समग्र काँग्रेस हाँक्ने कुरा अलग हुन्, भन्ने तर्क गर्ने पनि पार्टी भित्र धेरै छन् । त्यसैले अब कसको नेतृत्वमा काँग्रेसले नयाँ गति लिने छ त ? भन्ने प्रश्न आफैंमा जटिल छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहमतिका नाममा शीर्ष नेताको जात्रा हेरिनसक्नु छः घिमिरे
पुष २०, २०८० शुक्रबार
टिकटकमाथि प्रतिबन्धः भ्रम र यथार्थ
कात्तिक ३०, २०८० बिहिबार
संयुक्त राष्ट्रसंघमा नेपाल
कात्तिक १२, २०८० आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार