के तपाईले घर बनाउदै हुनुहुन्छ ? यी सिमेन्ट प्रयोग गर्दा होशियार हैं !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
पुस १४, २०७६ मंगलबार १:१२:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/Bad-cement-in-nepal-1_3gy4oiubsi.jpg)
१४ पुष, काठमाडौं । हिउँद लाग्यो । के तपाईले निजी घर, व्यापारिक मल वा विकास निमार्णका अन्य काम गर्दै हुनुहुन्छ ? यदि घर वा यस्तै यस्तै काम गर्ने तयारी गर्दै हुनुहुन्छ भने सिमेन्ट त अवश्य चाहिन्छ । तर कुन सिमेन्ट प्रयोग गर्ने दोधारमा हुनुहुन्छ भने तलको समाचार पढेर सचेत हुनुहोला है ? नत्र पछि पछुताउनु पर्ला नि !
चिनियाँ र नेपालीहरुको सयुक्त लगानीमा ठूलो तामझामका साथ खुलेको तथा निमार्ण जगतमा नाम चलेको होङसी सिमेन्ट अहिले गुणस्तरहिन भेटिएको छ । बजारमा निकै चलेको ब्राण्ड मानिने होङसी सिमेन्टलाई यतिबेला नेपाल गुणस्तर तथा नापतौल विभागले तोकिएको मापदण्डमा उत्पादन नभएको भन्दै स्पष्टीकरण सोधेको छ ।
यस्तै निमार्ण जगतमा चलेकै ब्राण्डमा पर्ने बृज सिमेन्ट र युनाइटेड सिमेन्ट पनि गुणस्तरहिन भएको भन्दै विभागले १५ दिने स्पष्टीकरण सोधेको हो ।
संसदको सार्वजनिक लेखा समितिमा सिमेन्टको गुणस्तरका बारेमा महानिर्देशक विश्वबाबु पुडासैनीमाथि घुस खाएको आरोप लागेपछि विभागले जबरजस्त एक्सन थालेको हो । अधिकांश उधोगहरुले विभागका प्राविधिक कर्मचारीहरुलाई ठूलो रकम घुस खुवाएर आफ्नो उत्पादनलाई नेपाल गुणस्तर चिन्ह प्रमाणित भन्दै सर्वसाधारणलाई ठगी गर्दै आएका छन् ।
विभागले तीन उद्योगको नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गराउँदा नेपाल गुणस्तर अनुरुप नपाएपछि स्पष्टीकरण सोधेको छ । विभागका अनुसार होङसीमा इनिसियल सेटिङ आधा घण्टामा हुनुपर्नेमा नरहेको पाइएको छ । विभागले यो उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावली २०४० को नियम (१६) अनुसार १५ दिनको स्पष्टीकरण सोधिएको जनाएको छ ।
त्यस्तै बृज सिमेन्टको पीपीसी कम्प्रेसिभ स्ट्रेन्थ २१ एमपीए र आईआर (इन्स्लोबल रेसिड्यू) २९ दशमलब ९ प्रतिशत नेपाल गुणस्तर ३८५ अनुसार नभएको पाएको हो । पीपीसी सिमेन्टमा विभागले आईआर २८ प्रतिशत हुनुपर्ने मापदण्ड तोकेको छ । यसैगरि युनाइटेड सिमेन्टमा पनि आईआर २ दशमलब ६ प्रतिशत रहेको छ । गुणस्तर मापदण्ड अनुसार आईआर २ प्रतिशत हुनुपर्छ ।
यी तीनै उद्योगलाई पनि गुणस्तर नियमावली अनुसार १५ दिनको स्पष्टीकरण सोधिएको छ । अहिले तीनै उधोगद्धारा उत्पादित सिमेन्टलाई बजारमा बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी'को अफिसियल पोस्टर सार्वजनिक
असार १२, २०८१ बुधबार
राडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा
असार १२, २०८१ बुधबार
भारतको लोकसभाको सभामुखमा ओम बिरला निर्वाचित
असार १२, २०८१ बुधबार