यसरी मनाए गुरुङ समुदायले तमू ल्होसार पर्व [ फोटोफिचर ]
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस १५, २०७६ बुधबार १:३५:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/losar-8_9JUcV0lGdR.jpg)
१५ पुस काठमाडौं । मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरेर गुरुङ समुदायले तमू ल्होसार पर्व २०७६ धुमधामका साथ मनाएका छन् ।
१५ पुसलाई नयाँ वर्ष मान्ने गुरुङ समुदायको परम्पराअनुसार मंगलबार काठमाडौको टुडिखेलमा तमु ल्होसार मूल आयोजक समितिको आयोजनामा विशेष कार्यक्रम गरी गुरुङ समुदायले तमु ल्होसार मनाएका हुन ।
यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरी तमू ल्होसार मनाएको तमुल्होसार मूलआयोजक समितिको भनाई छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी,महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ,सत्तारुढ नेकपाका प्रमुख सचेतक देव गुरुङ,लगायत व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले आफू पनि गुरुङ सुमदायको प्रतिनिधित्व गर्ने भएकाले गुरुङ समुदायको अपमान र कलंक हुने काम कहिले नगर्ने बताए । उनले गुरुङ समुदायको राष्ट्रिय पर्व तमू ल्होसारको अवसरमा दिने गरेको सावर्जनिक विदा कटौतीका विषयमा मन्त्रीपरिषदको सदस्यको हैसियतले उक्त माग सम्बोधन गर्न सहजीकरण र पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै तमू गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले गुरुङ समुदायको राष्ट्रिय पर्व तमु ल्होसारमा विगतमा दिदै आएको सार्वजनिक बिदा कटौती गरेर आफूहरुलाई सरकाले विभेद र अन्याय गरेको बताए ।
परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट वर्षको नामाकरण गरेको परम्परा अनुसार मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो ।
यसवर्ष तमुल्होसारका अवसरमा आइतबारदेखि तीन दिनसम्म गुरुङ समुदायको सांस्कृतिक परम्परामा आधारित लोकदोहोरी गीत प्रतियोगिता समेत आयोजना गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविष्णुपादुका मन्दिर धार्मिक आस्थाको केन्द्रको रुपमा प्रसिद्ध
असार १०, २०८१ सोमबार
खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने
असार ७, २०८१ शुक्रबार
वाग्द्वारका पुजारी निकाल्न स्थानीयको अवरोध
असार ७, २०८१ शुक्रबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
न्यूरोडमा सुनचाँदी व्यवसायीको विरोध ऱ्याली [ फोटोफिचर ]
असार १२, २०८१ बुधबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी'को अफिसियल पोस्टर सार्वजनिक
असार १२, २०८१ बुधबार
राडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा
असार १२, २०८१ बुधबार