एसपी मल्ललाई १२ घण्टे पुर्जी !
नेपालबहस संवाददाता
पुस १७, २०७६ बिहिबार १८:५५:४८
१७ पुष, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डका पूर्व बडीगार्ड रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ललाई ३ नं. प्रदेश प्रहरी कार्यालयले १२ घण्टे पुर्जी थमाएको छ ।
सरुवा भएको ठाँउमा जान अटेर गरि चितवन जिल्ला मै बस्ने अडान लिई विभिन्न राजनीतिक दवाव दिन थालेपछि प्रदेश प्रहरीले उनलाई १२ घण्टाभित्र डीएसपीलाई बुझबुझारथ गर्दै चितवन जिल्ला छाड्न निर्देशन दिएको हो ।
हिजो पुष १६ गतेको मितिमा प्रदेश प्रहरीका एसपी अरुण पौडेलले हस्ताक्षर गरेको पत्र संख्या नम्बर ८१०५ रहेको प्रहरी संचारमा भनिएको छ- “यस कार्यालयको सि.न. ८०३४ को संचार त्यहाँ कार्यालयमा प्राप्त भएकै छ । सो सम्बन्धमा प्र.उ. दानबहादुर मल्ललाई हालसम्म पनि सरुवा भएको दरबन्दीमा रवाना गरेको जानकारी यस कार्यालयमा प्राप्त हुन नआएकोले तहाँ का.मा कार्यरत प्रनाउलाई कार्यालयको सम्पूर्ण चार्ज बुझाई १२ घण्टाभित्र ठेकिएको दरबन्दीमा रवाना गरि सो को जानकारी तालुक का. तथा यस का. मा समेत दिनुहुन निर्देशानुसार अनुरोध छ ।” सो पत्रको बोधार्थ प्रहरी प्रधान कार्यालय, महानिरीक्षकको सचिवालयलाई पनि गराइएको छ ।
प्रहरी प्रधान कार्यालयले गत पुस ४ गते एसपी मल्लसहित २४ एसपीको सरूवा गरेको थियो । चितवनमा एसपी गंगा पन्तको सरूवा भएको छ । मल्लको त्रिवि एयरपोर्टमा सरुवा भएको छ । सरुवा भएको यति लामो अवधिसम्म पनि मल्लले चितवन जिल्ला नछोडेपछि सो ठाँउमा सरुवा भएकी गंगा पन्तले हाजीर हुन जान पाएकी थिइनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
तीव्र हावा तथा भारी वर्षा कारण श्रीलङ्कामा दश हजारभन्दा बढी प्रभावित
जेठ ७, २०८१ सोमबार
आगलागी नियन्त्रणमा आएपछि देखिएको दृश्य
जेठ ७, २०८१ सोमबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार