आर्थिक आधारमा मात्र आर्थिक जरिवाना हुनुपर्ने चेम्बर अध्यक्ष राजेशकाजीको जिकिर
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
पुस २७, २०७६ आइतबार २३:१३:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/nepal-chamber-of-commerce_VRjZHNilmP.jpg)
२७ पुष, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक आधारमा मात्र आर्थिक जरिवाना हुनुपर्ने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सको ६९ औं वार्षिक साधारण सभा, चेम्बर दिवस २०७६ तथा चेम्बरको ७० वर्ष प्रवेशको पूर्वसन्ध्यामा चेम्बर कार्य समितिका सदस्य, प्रदेश-नगर चेम्बर अफ कमर्सका अध्यक्षहरु र प्रतिनिधिसँगको भेटघाट तथा राजश्व सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले आर्थिक ऐन लागु भएको ४ महिना भित्रै करका दर परिवर्तन हुन नहुने बताएका छन् । अध्यक्ष श्रेष्ठले अनिवार्य प्यान, ढुवानीमा भ्याट, स्थानिय प्रदेश तथा संघीयमा दोहोरो र फरक मापदण्ड, भंसार मुल्यांकन, बैंक कर्जालाई कर कार्यालयको सहमति, पूख्र्यौली सम्पत्ति हक स्थानान्तरमा उच्च कर र सम्पत्ति अभिलेखिकरण लगायतमा सुधार हुनुपर्नेमा जोड दिए ।
उनले नेपालमा संघियता लागू भएपछि चेम्बर पनि पहिलेको जस्तो एकात्मक संरचनामा रहनु सान्र्दभिक नभई मुलुकको नीति निर्माणमा चेम्बरले गरेको नेतृत्वदायी भूमिका र अभियानमा जोडिन चाहना भएपछि स्थापित अवसरमा आउने हुदाँ राजश्व सम्बन्धी समस्या एंव सुझाव संकलन गर्न अन्र्तक्रिया आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रममा राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले आफ्नो विभागले असल व्यवसायीको संरक्षण गर्ने, छानविन अनुसन्धान मात्र गर्ने र पारदर्शी व्यवसायलाई प्रबद्र्धन गर्ने बताएका छन् । उनले कर प्रणाली स्वंयकर निर्धारण प्रणालीमा आधारित भएको हुँदा उद्यमी व्यवसायीलाई तदनुसार नै आफ्नो क्रियाकलाप गर्न आग्रह गरे । राजश्व अनुसन्धान विभागका महानिर्देशक मैनालीले २०७१ सालदेखि नै चर्चामा रहेको भीसीटीएस प्रणालीमा उल्लेख्य सहभागिता भएको बताउँदै यो प्रक्रिया झन्झटिलो नभएको उल्लेख गरे । उनले भीसीटीएसमा छिटो आबद्ध हुन समेत व्यवसायीलाई अनुरोध गरेका छन् ।
भन्सार विभागका निमित्त महानिर्देशक श्यामप्रसाद भण्डारीले वैध व्यापारको विकल्प नभएको र भन्सार प्रशासन र डीजीटल हुने क्रममा निकै अगाडी बढीसकेको र यसको लागि व्यापार सहजीकरण गर्न आफु तयार रहेको बताए ।
सोही अवसरमा आन्तरिक राजश्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले जिल्ला-नगर चेम्बर अफ कमर्सका अध्यक्ष तथा पदाधिकारीहरुले उठाउनु भएको प्यान जारी गर्ने अधिार जिल्ला चेम्बरलाई दिने बारे गृहकार्य गरेर माथिल्लो निकायमा पुर्याउने बताए । साथै कर सचेतना कार्यमा सहकार्य गरी व्यापक गर्नु पर्ने, करको लागत, दूरी र समय घटाउन कार कार्यालयहरु बढाउने वा करदाता सेवा कार्यालयको स्तरोन्नती गरी आन्तरिक राजश्व कार्यलय गर्नेतर्फ सोच भईरहेको बताए । कर चुक्ता प्रणाली पूर्ण अपरेशनको माध्यमद्धारा लिन सकिने प्रयोगकर्ता मैत्री भैसकेको बारेमा प्रचार प्रसार जरुरी रहेको बताउँदै कर कार्यालयसम्म जानु नपर्ने स्थितीको सृजना गर्नेतर्फ विभाग लागिरहेको बताए ।
यसअघि आज बिहान चेम्बरले वाका थोन (Walkathon) कार्यक्रम गरेको थियो । ३ सय ५० जना सहभागी वाका थोन चेम्बर भवन जमलदेखि बसन्तपुर, न्यूरोट रत्नपार्क हुँदै पुनः चेम्बर भवन पुगी सम्पन्न भएको थियो । चेम्बरले वाका थोन पछि आज बिहानै चेम्बर भवनमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी'को अफिसियल पोस्टर सार्वजनिक
असार १२, २०८१ बुधबार
राडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा
असार १२, २०८१ बुधबार
भारतको लोकसभाको सभामुखमा ओम बिरला निर्वाचित
असार १२, २०८१ बुधबार