पुर्बी नवलपरासीमा कुपोषण फैलिने क्रममा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ १७, २०७६ शुक्रबार २१:२८:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/kuposan_0FpEbj5Pl9.jpg)
मिना कंडेल
१७ माघ, काठमाडौं । पूर्वी नवलपरासीको आठ पालिकामा २८६ जना बालबालिकामा कुपोषण भएको पाइएको छ । गण्डकी प्रदेशको एक मात्र तराइृको जिल्ला पुर्बी नवलपरासीको नवलपुरमा यति धेरैे संख्यामा बालबालिकामा शीघ्र कुपोषणको समस्या भएको सुआहारा कार्यक्रम संचालन गरिरहेको संस्था बेस नेपालका शालिकराम पोखरेलले बताए । पालिका मध्ये सबै भन्दा बढि कावासोती नगरपालिकामा ९२ जना बालबालिकामा शीघ्र कुपोषण पाइएको पोखरेलले बताए ।
यसै गरि नेपालकै दोस्रो बालमैत्री नगरपालिका देबचुली नगरपालिकामा चार सय ८७ जना बालबालिकामा स्वास्थ्य परिक्षण गर्दा ४६ जनामा कुपोषण भएको पाइएको सुआहारा नवलपरासीका जिल्ला संयोजक कृष्ण गुरुङले बताउनु भयो । ४६ जना मध्ये छ जनामा शीघ्र कुपोषण पाइएको छ भने ४० जनामा मध्यम खालको कुपोषण पाइएको गुरुङले बताए ।
पछिल्लो समयमा देवचुली नगरपालिकाले शुरु गरेको यस किसिमको परिक्षणले बालबालिकाहरुले बढी मात्रामा जंगफुड खाने र अभिभावकहरुले बालबालिकाको खानपानमा ध्यान नदिने गर्दा यति धेरै बालबालिकामा कुपोषण देखा परेको संयोजक गुरुङले बताए ।
देवचुली नगरपालिका र सुआहाराले नगरभित्रका बालवालिकामा संयुक्त रुपमा कुपोषण परीक्षण शुरु गरेको छ । देबचुली नगरपालिकाका नगरप्रमुखं पूर्णकुमार श्रेष्ठले नगरपालिकामा कुपोषणको समस्या भयाबह भएको भन्दै बालमैत्री नगरलाई कुपोषणमुक्त बनाउन लागि पर्नै भन्दै प्रतिबद्धता व्यक्त गरे ।
देवचुली नगरपालिका भित्रका सम्पूर्ण व्यक्तिहरुमा स्वस्थ जिवनशैली निमार्ण गर्न नगरपालिकाले विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले बताए । बालबालिकाको स्वास्थ्य प्रति अभिभावकको भुमिका बढि हुने भएकाले आफ्ना बालबालिकाको खानपानमा ध्यान दिन प्रमुख प्रशासकिय भुषालले अभिभाबकलाई आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिरोले पुरिँदा ५ वर्षीय बालकको मृत्यु
असार १७, २०८१ सोमबार
कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा
असार १७, २०८१ सोमबार
कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार