‘अल बिदा’ ! दुर्गा दाइ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ २२, २०७६ बुधबार १९:४८:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/Durga-dai_DnhZUDfQak.jpg)
२२ माघ, काठमाडौं । बरिष्ठ पत्रकार एवं नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक दुर्गानाथ शर्माको निधन भएको छ । नेपाल टेलिभिजनको स्थापना कालदेखि लामो समयसम्म काम गरेका शर्माको आज बुधबार निधन भएको हाे ।
काठमाडौं महाराजगञ्ज स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारको क्रममा उनको निधन भएको परिवारिक स्रोतले जानकारी दिएकोछ ।
शर्मा मुटुसम्बन्धी समस्याबाट पीडित थिए । ७२ वर्षीय शर्माको शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचार हुँदै आएको थियो । गत मंगलबार उनलाई मनमोहनमा सारेर थप उपचार गरिँदै थियो । मुटु रोगका बिरामी उनको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो । इन्फेक्सनको समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो ।
वि.सं. २००४ सालमा इलाममा जन्मिएका शर्माले २०४२ सालमा नेपाल टेलिभिजनको प्रशारण सुरु हुँदादेखि काम गरेका थिए । उनले टेलिभिजनमा लामाे समय महाप्रबन्धकसम्म भई काम गरेका थिए । शर्माले सुरु गरेको विश्वघटना नामक कार्यक्रम चर्चित थियो । उनका दुई छोरा र श्रीमती छन् । शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
गोरखापत्र दैनिकबाट पत्रकारिता सुरु गरेका शर्माले रेडियो नेपालको समाचारवाचक हुँदै नेपाल टेलिभिजनको महाप्रबन्धक भएर काम गरेका थिए । शर्माले नेपाल प्रेस इन्स्टिच्युटले प्रकाशन गरेको ‘प्रसारण पत्रकारिता हाते किताब‘ को सम्पादन पनि गरेका थिए ।
आज नेपाली पत्रकारिता जगतले एक होनाहार पात्र गुमाउनु परेको छ । यस दुःखद् घडिमा शोकमा रहेका परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोल् भनि भगवन् पशुपतिनाथसँग कामना गर्दछौँ । अल बिदा ! दुर्गा दाइ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिरोले पुरिँदा ५ वर्षीय बालकको मृत्यु
असार १७, २०८१ सोमबार
कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा
असार १७, २०८१ सोमबार
कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार