पूर्वाग्रही अख्तियार विरुद्ध आन्दोलन चर्काउने कांग्रेस निर्णय
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ २३, २०७६ बिहिबार १९:३८:१५
![](https://nepalbahas.prixacdn.net/media/albums/nepali-congress-ciaa-nepal_Br3QbdwTfV.jpg)
२३ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही भएर मुद्धा दायर गरेको भन्दै पार्टी पदाधिकारी बैठकले सो कार्यका विरुद्ध देशव्यापी आन्दोलन चर्काउने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज बिहान बसेको पदाधिकारी बैठकले यसबारे पार्टी निकट कानून व्यावसायीहरुसँग छलफल गरी पूर्वाग्रही भएको निश्कर्ष निकालेको हाे ।
यस प्रयोजनका लागि आजै अपरान्ह ३ बजे पार्टी कार्यालय सानेपामा भातृ संस्थाका पदाधिकारीलाई समेत बोलाइएको छ । आन्दोलनको तयारी गर्न भातृ संस्थालाई परिचालन गर्ने निर्णय समेत पदाधिकारी बैठकले गरेको छ ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्रीहरु कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह लगायत पदाधिकारीको उपस्थिति थियो । पदाधिकारी भेला गर्नु अघि नेताहरुले पार्टी निकट कानून व्यवसायीहरुसँग यसबारे परामर्श गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार