सरकार जोगिने र प्रतिपक्ष जेल जाने तयारी : सांसद पाण्डे
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ २३, २०७६ बिहिबार २१:३८:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/badri-pandeya_RsMLdI6peT.jpg)
२३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले ललिता निवास जग्गा प्रकरणमा संवैधानिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकपक्षीय निर्णय गरेको आरोप लागाउँदै सरकार जोगिने र प्रतिपक्ष जेल जाने तयारी जस्तो देखिएको बताएका छन् ।
अख्तियार आयोग सरकारको छायाँ हुन नहुने उनको भनाइ थियो । सांसद जीवन बुढाले देशका विभिन्न स्थानमा टिपर आतङ्क बढ्दै गएको भन्दै त्यसलाई व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद कालीबहादुर मल्लले लागुऔषधका कारण युवापुस्ता गलत बाटोमा लागेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए ।
नेकपा समर्थक सांसदले भने वर्तमान सरकारले भ्रष्टाचार अन्त्यको अभियानलाई व्यवहारमै कार्यान्वयन गर्नुले मुलुकका लागि सकारात्मक सङ्केत भएको टिप्पणी गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद रामनारायण विडारीले वर्तमान सरकारले भित्रभित्रै फैलिएको आपराधिक कार्य भ्रष्टाचारलाई आक्रामकरूपमा प्रहार गर्दै आएकामा सबै खुशी हुनुपर्नेमा विरोध गर्नु गलत भएको बताए ।
“भ्रष्टाचारलाई विगतदेखि नै जटिल बनाउँदै कसैले पनि ‘एक्सन’ गर्न नसक्ने बनाइएको थियो, वर्तमान सरकारले भित्रभित्रै फैलिएको आपराधिक कार्य भ्रष्टाचारीलाई आक्रामकरूपमा प्रहार गर्दै आएकामा सबै खुशी हुनुपर्नेमा नेपालको प्रगति नै रोक्ने भ्रष्टाचार तितरवितर गराएको अवस्थामा किन विरोध भइरहन्छ”, उनले भने ।
उनले ‘वर्तमान सरकारले सुन तस्करलाई खोजेर पक्राउ गरेको छ, न्यायाधीशलाई कारवाही गरेको छ र प्रहरीका अधिकारीलाई जेलमा हालेको छ, अख्तियारका प्रमुख नै भ्रष्टाचारमा मुछिएका छन् । मन्त्री, सचिव र उद्योगपति कर्मचारीहरुलाई भ्रष्टाचारको मुद्दा लाग्दा सरकारले गजब गरेको भन्नुपर्ने हैन र ?’ भन्दै प्रश्न गरे ।
उनले भने, “कारवाही नगरे खै कारवाही गरेको भन्छन्, कारवाही ग¥यो किन गरेको भन्छन्, फौजदारी अपराधमा मनसाय महत्वपूर्ण कुरा हो मनसाय छ कि छैन त्यो हेर्नुप¥यो नि । दुई–तीन तहपछि जग्गा किनेको मान्छेलाई के थाहा । अब अदालतले एकएक केलाएर मुद्दा हेर्ने भएकाले विरोधको कुनै तुक छैन ।”
सांसदहरू रामलखन चमार, रामप्रीत पासवान र उदयादेवी शर्मा पौडेलले मुलुकमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत र महङ्गीलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार