विश्व रेडियो दिवस : रेडियो जर्जर अवस्थामा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन १, २०७६ शुक्रबार २:१९:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/fm-radio_jL2GrbRBzX.jpg)
१ फागुन गौशाला । कुनै समयमा खेतमा काम गर्ने खेतालाले खेतको आलीमा रेडियो बजाएर हलो जोत्ने गरेको दृश्य क्रमिक रुपमा हराउँदै गएको छ । नेपालमा प्रजातन्त्र स्थापनापछि स्थापित भएका रेडियोहरुको आर्थिक अवस्था अहिले जर्जर भएका छन् ।
महोत्तरीका रेडियो सञ्चालकले जसोतसो रेडियोमार्फत सेवा प्रवाह गर्दै आएका छन् । कुनै समय सूचना सन्देश घरघरमा पु¥याएर अहम् भूमिका निर्वाह गरेका कारण जनजनको मुखमा झुण्डिने रेडियो पछिल्लो समय आमनागरिकको रोजाइ बन्न छाडेका छन् । रेडियोकर्मी जिम्मेवार नभएकै कारण पछिल्लो समय रेडियो जनमानसको पहिलो रोजाइ बन्न नसकेको सामुदायिक पैरवी मञ्च बर्दिवासका प्रमुख नागदेव यादवले बताए ।
आज नवौं विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन शुरु गरिएको हो । विश्वमा व्यवसायिक रेडियो प्रशारण सुरु भएको ९४ वर्ष भएको छ । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रअरी १३ लाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेबमोजिम हरेक वर्ष आजको दिन रेडियोको भूमिका र महत्वबारे छलफल गरिंदै आइएको छ ।
नेपालमा २००३ सालमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रुपमा भने रेडियो नेपालको स्थापनासंगै २००७ साल चैत्र २० गते रेडियो सञ्चालन सुरु भएको हो । २०४९ मा कानूनी रुपमा व्यवस्था गरिएपछि नेपालमा २०५२ सालदेखि रेडियो नेपालले नै एफएम प्रशारण सुरु गरेको हो । हाल एफएम रेडियोको विस्तार भै अहिले देशका सवैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् भने अधिकाँश जिल्लामा आधा दर्जनबढी एफएम रेडियो सञ्चालनमा छन् ।
“के के न हुन्छ भनेर सामुदायिक रेडियो देशभरिमा नै क्रमिक रुपमा खोल्यो । तर राज्यले सहयोग र सम्बोधन नगरेकै कारण अहिले रेडियो जर्जर अवस्थामा पुगेका छन्”, देउराली मावि बर्दिवासका प्रधानाध्यापक केदारबहादुर कोइरालाले भन्नुभयो, समाजको अग्रगामी परिवर्तनका लागि रेडियोेलाई बचाउनका लागि आवश्यक बजेट छुट्यानुपर्छ ।” समाजिक विकृति र विसङ्गतिको न्यूनीकरणका लागि रेडियोमार्फत जनचेतनामूलक सन्देशहरु सम्प्रेषण गर्नुपर्ने आजको आवश्यकता रहेको उनले बताए ।
महोत्तरीस्थित रेडियो रुपान्तरण गौशालाकी सञ्चालिका सुनिता कुमारीले भने, “समुदाय रुपान्तरणका लागि देशमा सञ्चालित अधिकांश रेडियोको अवस्था दयनीय छ । रेडियो सञ्चालनका लागि सरकार गम्भीर हुनुपर्छ ।” प्रदेश नं. २ मा ८० भन्दा बढी रेडियोहरु सञ्चालित छन् । तर अधिकाँशको अवस्था दयनीय रहेको सञ्चालिका सुनिताले बताए । उनले रेडियो सञ्चार सामग्री र रेडियोकर्मीको बीमा गर्नुपर्नेमा जोड दिए।
नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलले रेडियोलाई समानुपातिक आधारमा सरकारी विज्ञापन प्राप्त नहुँदा सञ्चालनमा समस्या आएको बताए । “राज्यको मूलधारमा नआएका वर्गको पहिलो भरोसाको केन्द्र यहाँका रेडियो छन्”, उनले भने, “ रेडियोले अब विकास पत्रकारितामा जोड दिनुपर्छ ।”
सामुदायिक रेडियो प्रसारक सङ्घ ९अकोराब० का केन्द्रीय सदस्य रामभरोसी महतोले समाज रुपान्तरणको मुख्य अङ्ग नै यहाँका रेडियो रहेको बताए। उनले भने, “ रेडियोको दिगोपना र पत्रकारको रोजीरोटीको सूनिश्चितता चाहिएको छ ।”मटिहानी नगरपालिकाका प्रमुख हरि मण्डलले रेडियो समाज सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै रेडियोका कारण सूचनासँग जनताको सिधा पहुँच भएको छ भने।
“जनजनमा रेडियोले सूचना पु¥यारहेको छ । रेडियो प्रतिको माया, स्नेह, जाँगरलाई लगानीकर्ताले कतै न कतै दबाएको छ । रेडियामा दिनभर काम गराउने ज्याला नदिने कारणले रेडियोकर्मीहरु पीडित छन् । त्यसले उत्साह मरेको छ”, उनले भने । जिम्मेवारी पाएका व्यक्तिले कर्तव्य निर्वाह गर्न नसक्दा ‘आवाजविहीनहरुको अवाज’ बन्न सफल रेडियोहरु पछिल्लो समयमा आएर जर्जर अवस्थामा पुगेको प्रदेश नं। २ का प्रदेशसभा सदस्य शारदादेवी थापाले बताए । उनले भने, “हलिले काँधमा हलोसँगै रेडियो बोकेर सुन्ने, भान्छामा काम गर्दैगर्दा गृहिणीको कानमा रेडियोले फुकेको सूचना पुग्दै आएको छ ।” यो भनेको सबैभन्दा रेडियोकोे लोकप्रियता पक्ष हो उनको भनाइ छ ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले समय समयमा सकारात्मक सूचना र सन्देश प्रवाह गर्दै रेडियोले सरकारलाई सहयोगात्मक भूमिका निर्वाह गरेको उल्लेख गर्दै रेडियोको विकास र उन्नयनमा तीन वटै तहका सरकार गम्भीर भएर लाग्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
भक्तपुरमा हेलिकप्टर पार्किङ [ फोटोफिचर ]
असार १०, २०८१ सोमबार
बुङ्गमतीमा रोपाईंको चटारो [ फोटोफिचर ]
असार १०, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी'को अफिसियल पोस्टर सार्वजनिक
असार १२, २०८१ बुधबार
राडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा
असार १२, २०८१ बुधबार
भारतको लोकसभाको सभामुखमा ओम बिरला निर्वाचित
असार १२, २०८१ बुधबार