सत्ता समिकरणमा बामदेव अस्त्र
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन १५, २०७६ बिहिबार १४:३८:४८
![](https://nepalbahas.prixacdn.net/media/albums/ol-bamdev-parchanda_Bv2Z3TCKQ1.jpg)
♦ यज्ञप्रसाद भट्टराई
१५ फागुन, काठमाडाैं । फेरि एकपटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पराजित सांसदहरुको प्रवेश अभियानले तीव्रता पाउने र राजनैतिक सरगर्मी बढाउने भएको छ । जनमतको उच्च मुल्यांकन गर्दै सांसद बन्नबाट बञ्चित रहेका बामदेव गौतम अहिले चोरबाटोबाट छिरेर सरकारको नेतृत्व हत्याउने दाउमा छन् । सरकार र प्रतिपक्षको कुर्सीमा बस्ने राजनीतिक दलहरुलाई दिएको जनमतलाई केही व्यक्तिको महत्वकांक्षाका लागि बामदेव बलिको बोको बनाईदैछन् ।
जनताले नपत्याएका वा जनताले आपनै घरआँगनमा पराजित गरेका नेताज्यूहरु झ्यालबाट घरभित्र छिर्ने ध्याउन्नमा लागेका छन् । घरको ढोका बन्द गरिएपछि जस्केलोबाट भित्र छिर्न लालायित केही राजनैतिक नेताहरुको वर्तमान हविगत हेर्दा यिनीहरु पद बिना एकछिन पनि बाँच्न सक्दैनन् भन्ने कुरालाई पुष्टि गर्दछ । जनताको अभिमतलाई लत्याउँदै आफु नेतृत्व लिन हतारिएका जस्ता देखिन्छन् ।
हुन त जनताले पराजित गरिदिएका व्यक्तिलाई संसदभित्र छिराएर देशको नेतृत्व नै गर्न पाएका उदाहरणहरु हाम्रो देशमा यो नै नौलो भने होईन । यसअघि पनि यस्तो अभ्यास हामीले गर्दै आएका हौं । आफुलाई लोकतन्त्रका हिमायती ठान्नेहरुले नै आपना श्रीमति, सालासाली, आसेपासेलाई सांसद बनाएर आरक्षण र संरक्षणका कोटाको नाममा दुलाहादुलहीले संसद भवन रंगिदा वास्तवमै गणतन्त्र आएको झल्को दिने गरेको नै छ ।
अहिले राजनैतिक दल यसमा पनि सरकार सञ्चालन गरिरहेको दलमा केही अमुक ब्यक्तिलाई संसद भवन छिराएर आपनो पक्षमा बहुमत पुर्याउने गणितीय जोडघटाउ मिलाउने अभियानले समेत तीब्रता पाएको देख्दा अहिलेका राजनैतिक दलहरु, सरकार सञ्चालन गर्ने व्यक्तिहरु र स्वयं सरकार जनताका समस्याहरु भन्दा आपनै सत्ता र कुर्सीलाई सुरक्षित गर्नमा मात्रै केन्द्रित भएको भान हुन थालेको छ ।
पार्टीको सचिवालय बैठकमा सहमती जनाएर फर्किएका प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्षा खड्गप्रसाद ओलीले बालुवाटार नपुग्दै बीच बाटैबाट खतिवडालाई नै निरन्तरता दिने आपनो सदिक्षा उजागर गरेको समाचारले प्रमूखता पाउनुले फेरि एकपटक बामदेवको संसद प्रवेशको यात्रालाई पूर्णबिराम लगाई दिएको छ । यसले नेकपामा पूर्व पार्टीहरुको बीचमा ब्यापक ध्रुबिकरण हुने निश्चित छ ।
राजनीतिका चतुर खेलाडी पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि समुन्द्रको छाल झैं कहिले माथि त कहिले तल पर्दै गएको अनुभूत गरिरहेकै होलान् । बामदेवलाई हतियार बनाएर नेकपामाथि अझ भनौं ओलीमाथि पटकपटक प्रहार गर्दै आएका प्रचण्डका पटक पटकका प्रयासहरु भने एकपछि अर्को असफल बन्दै गईरहेका छन् ।
सामाजिक सञ्जालमा प्रधानमन्त्रीका अधिकांश बिरोधहरु प्रचण्डकै योजनामा हुने गरेको र यसले ओलीलाई कमजोर बनाउन सफल बन्दै गैरहेको भएतापनि यतिले मात्रै पार्टीभित्र ओलीलाई हल्लाउन पनि नसक्ने अवस्था देखिएपछि प्रचण्ड अहिले हतास मनस्थितिमा देखिएका छन् । जसको ज्वलन्त उदाहरण उनकै बोलीमा आउने विभिन्न अभिब्यक्तिहरुबाट प्रकट हुने गरेका छन् ।
सचिवालय बैठकको निर्णय या छलफलमा प्रधानमन्त्री किन सशंकित हुन पुगे ?? यसले भुसको आगोको रुपमा रहेको नेकपाको आन्तरिक द्वन्द सतहमा आउने देखिन्छ । ओलीले दह्रो खुट्टा टेकेको अवस्थामा एमाले सिध्याएर एकलौटी पार्टी र सरकार चलाउने प्रचण्डको भित्री ईच्छा भने कहिल्यै पुरा नहुने देखिन्छ ।
कहिले कम्यूनिष्ट पार्टी आपनै कारणले सकिन्छ त कहिले जनतामा निराशा बढदै गैरहेको र कम्यूनिष्ट पार्टीको अवसानसम्मको कारण यो सरकारको अलोकप्रिय कामले हो भनेर सार्वजनिक सभा सम्मेलनमा आउने गरेका अभिव्यक्ती अरु केही नभएर ओलीलाई कमजोर पार्ने प्रचण्डको झटारो मात्र हो ।
केही समय अघिमात्रै सम्पन्न भएको राष्ट्रियसभाको निर्वाचनमा पार्टीले अनुरोध गर्दासमेत नउठेका बामदेव अहिले एक्कासी किन राष्ट्रियसभा छिर्न तैयार भए ? संबिधान संशोधनमा ओलीलाई राजी नै नगराई प्रचण्डको एकल पहलमा कसरी पार्टीभित्र संबिधान संशोधनका बिषयमा छलफल गर्न आयोगसमेत गठन भयो ? अनि सचिवालय बैठकको निर्णय या छलफलमा प्रधानमन्त्री किन सशंकित हुन पुगे ?? यसले भुसको आगोको रुपमा रहेको नेकपाको आन्तरिक द्वन्द सतहमा आउने देखिन्छ । ओलीले दह्रो खुट्टा टेकेको अवस्थामा एमाले सिध्याएर एकलौटी पार्टी र सरकार चलाउने प्रचण्डको भित्री ईच्छा भने कहिल्यै पुरा नहुने देखिन्छ ।
सरकारका एकपछिका अर्का निर्णयहरु विवादास्पद बन्नु, जनस्तरमा सरकारको बिरोध मात्रै हुनुमा पनि परिवार भित्रकै डुहुरे मुसाहरुको ब्यवस्थापनमा भएको कन्जुस्याँईल त हैन ? आपनै दलका एकथरी मान्छेहरुले यसलाई अतिरञ्जित बनाई रहेका त छैनन् ?? भँडार खनेर आँगन पुर्नेहरुको गतिलो जमात पार्टीभित्रै खडा भएको त छैन ? भनेर सरकारले सोच्नु पर्ने बेला आएको छ ।
पार्टी र सरकारको कार्यशैलिमाथि तिखो प्रहार गरिरहेका भीम रावललाई व्यवस्थापन गर्नसमेत सकस परिरहेको नेकपालाई बामदेवलाई जिस्क्याउने, खेलाउने, अस्त्रको रुपमा प्रयोग गर्ने र निकम्मा बनाउने अभियान दुई अध्यक्षको भित्री रणनिति हो भने यो पनि नयाँ चुनौतिको रुपमा अगाडि आउने निश्चित छ ।
बेला न कुबेला भेनेजुएला काण्डदेखि गुठीकाण्ड, सिण्डिकेड काण्ड, निर्मलाकाण्ड, सुनकाण्ड, पिर्का सलामीकाण्ड, भ्रष्टाचारकाण्ड, महराकाण्ड, यतिकाण्ड, ह्वाईटबडी काण्ड, एमसीसीकाण्ड लगायत प्रधानमन्त्रीको जन्मोत्सव काण्ड समेतमा केबल प्रधानमन्त्रीलाई मात्र निशाना बनाईनुले नेकपा भित्रको दुई धारलाई स्पष्ट पार्दैन र ?
दुई पार्टी भिन्नाभिन्नै अवस्थामा प्रतिस्पर्धा गर्न जति सजिलो हुन्छ एउटै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा झनै घातकसिद्ध हुन्छ । जोडिएको बर्षौ बितिसक्दा पनि पूर्व पार्टीको भागबण्डामै रुमलिएको नेकपालाई बामदेव अप्ठ्याराेमा फलेको फर्सी हुने त हैनन् ।
आपनै पार्टी र सरकारको कार्यशैलीमाथि तिखो प्रहार गरिरहेका भीम रावललाई व्यवस्थापन गर्नसमेत सकस परिरहेको नेकपालाई बामदेवलाई जिस्क्याउने, खेलाउने, अस्त्रको रुपमा प्रयोग गर्ने र निकम्मा बनाउने अभियान दुई अध्यक्षको भित्री रणनीति हो भने यो पनि नयाँ चुनौतिको रुपमा अगाडि आउने निश्चित छ । कतिपयले भने सत्ता समिकरणमा सँधै झैं खटपट भइरहने ओली–प्रचण्डको मानसिकताको उपजका रुपमा चित्रित गर्न थालेका छन् ।
कहिले काठमाडौंबाट चुनाव जिताएर सांसद बनाउने, कहिले कास्कीबाट चुनाव जिताएर संसद छिराउन अनि कहिले राष्ट्रियसभामा लैजाने र संबिधान संशोधन गरेर प्रधानमन्त्री बन्न सक्ने अवस्था सृजना गर्नेसम्मका आश्वासनलाई दुई अध्यक्षको मिलिभगतको वास्तबिकता बाहिर आएको दिन बामदेव नेकपाका लागि धारिलो हतियार हुने निश्चित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्ड सरकारलाई एक महिनाः काम चलाउन कि कमाउन ?
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
के देउवाले ओलीलाई सत्ताको साँचो सम्हाल्न आग्रह गरेका हुन ?
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
लामो अध्ययनपछि नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार
असार १९, २०८१ बुधबार
नेप्सेमा सामान्य अङ्कको सुधार हुँदा पाँच अर्बको कारोबार
असार १९, २०८१ बुधबार
गाजामा एक लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित
असार १९, २०८१ बुधबार
वरियतामा हार्दिक पाण्डेय अलराउण्डरको वरियतामा शिर्ष स्थानमा
असार १९, २०८१ बुधबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो
असार १९, २०८१ बुधबार