स्वास्थ बीमामा सरकारले भुलेकाे पक्ष
नेपालबहस संवाददाता
फागुन १५, २०७६ शुक्रबार ०:४१:३३
यज्ञप्रसाद भट्टराई
१५ फागुन, काठमाडौं । नेपाल सरकारको बहुचर्चित तथा उल्लेखनिय उपलब्धिको रुपमा रहेको स्वास्थ्य बीमा कार्यक्रम गरिब जनतालाई हात्तिको देखाउने दाँतमात्रै भएको छ भने ठूलाबडाका लागि रजाईँ गर्ने अवसरका रुपमा देखिएको छ ।
आम नागरिक स्वास्थ्य बीमा गरे पछि रु. एक लाख रुपैयाँ बराबरको औषधी पाउने आशामा ढुक्क भएर आप्mनो स्वास्थ्य बीमाको कार्ड हातमा लिएर अस्पताल जाने वातावरण अझै सृजना हुन सकिरहेको भने छैन । सरकारले उपलब्ध गराएको स्वास्थ्य बीमाको कार्ड हातमा लिएर सम्बन्धित अस्पतालमा जाँदा औषधी नपाएर बाहिर औषधी पसलमा महङ्गोमा औषधी किन्न बाध्य भएका बिरामीहरुको चाप बढन थालेको छ ।
वास्तवमा बिरामी हुने उमेर भनेको कि त बालबालिकाहरु कि त बृद्धबृद्धाहरुमा बढी देखिन्छ । वयस्क उमेरका मानिसहरुमा कुनै कुनै बेला देखिने सामान्य बिरामीहरु मात्र हुने गरेको पाईन्छ । परिवारमा ५ जनाको स्वास्थ्य बीमा गर्ने गरिएको भएता पनि बयस्क युवा युवतिहरु कि त घर बाहिर देशकै अन्य शहरहरुमा कामको या अध्ययनको खोजिमा गएका हुन्छन् । या त रोजगारिका लागि विदेश हानिएका हुन्छन् । घरमा स्वास्थ्य बीमाको उपयोग परिवारका बुढाबुढी आमा बुबाको लागि नै बढी प्रयोगमा आउने गरेको देखिन्छ ।
सरकारले जेष्ठ नागरिक सम्मान स्वरुप गरिदिने भनि छुट्टै एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम समेत घोषणा गरेको भएता पनि बृद्धबद्धालाई आवश्यक पर्ने औषधीहरु उपचार गर्ने स्वास्थ्य केन्द्र तथा अस्पतालमा पाउने गरेको छैन । यसले बृद्धबृद्धा प्रतिको सरकारको सम्मान या निशुल्क स्वास्थ्य बीमाको कार्यक्रम जेष्ठ नागरिकका लागि एका देशको कथा झै भएको छ ।
जेष्ठ नागरिकहरुलाई उपलब्ध गराईएको एकलाख रुपैयाँमध्ये बिरामी भएर अस्पतालमा जाँच गराउन जाँदा लाग्ने डाक्टरको फि साथै सामान्य स्वास्थ्य परीक्षण, रगत तथा पिसाब जाँच, दिशा जाँच, एक्सरे गरिदिने र औषधी लेखिदिने गरिएको छ । औषधी लिन सम्बन्धित फार्मेसीहरुमा जाँदा केहि सस्तो खालको औषधीहरु उपलब्ध गराउने र धेरै महङ्गा औषधीहरु जस्तै सुगर रोगिका लागि नियमित आवश्यक पर्ने ईन्सुलिन उपलब्ध हुने गरेको पार्इंदैन । त्यस्तै मुटु रोगिका लागि आवश्यक पर्ने सामान्य औषधीहरु उपलब्ध गराए जस्तो गरेता पनि अन्य महङ्गा औषधीहरु बिरामीहरुले पाउन सकेका छैनन् ।
छाला तथा दाँत सम्बन्धि रोगको उपचारमा पनि स्वास्थ्य बीमाले काम गर्न सकेको देखिँदैन । सरकारले एकातिर जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य उपचारको ब्यवस्था मिलाए जस्तो गर्ने अनि छाला र दाँत सम्बन्धि सामान्य औषधोपचारसमेत नगरिदिएको स्वास्थ्य संस्थामा गएर फर्केका बुबाआमाहरुको भनाइ छ । सरकारले यस्तो कुराहरु समावेश गर्न भुलेको देखिन्छ ।
आफुले कति रकम बराबरको औषधी सेवन गरे भन्ने सामान्य हिसाब किताबसम्म राख्न नसक्ने देशकै गहनाका रुपमा रहेका जेष्ठ नागरिकहरुका लागि स्वास्थ्य बीमा कार्यक्रम हात्ति आयो हात्ति आयो फुस्सा भएको छ । एकातिर निशुल्क स्वास्थ्य उपचारको हल्ला फिजाँउने अर्कातिर पटकै पिच्छे बिल काटेको दुईसय रुपैया असुल्ने गरेबाट सरकार एकातर्फ लिने दिएजस्तो गर्ने अर्को तिरबाट असुल उपर गर्ने अभियानमा रहेको प्रष्ट हुन्छ ।
एक जना सुगर बिरामीको लागि एक महिनामा कम्तिमा तिन डब्बा ईन्सुलिन आवश्यक पर्ने गर्दछ, जसको मुल्य तीन हजार पर्ने देखिन्छ । साथमा थप रोगहरुलेसमेत संक्रमित बिरामीहरुलाई अरु थप औषधीको आवश्यकता पर्ने देखिन्छ । बढदो उमेरसँगै कमशल औषधीहरुले काम नगर्ने र महङ्गा औषधीहरु बीमाका कार्यक्रममा नपाईने भएको हुँदा स्वास्थ्य बीमाको कार्ड गोजिमा राखेर आफैले औषधी किन्नु परेको गुनासो छ जेष्ठ नागरिकहरुको ।
सरकारले जेष्ठ नागरिकका लागि दिने गरेको सम्मान स्वरुपको मासिक तीन हजार रुपैयाँसमेत ईन्सुलिन किन्नमै खर्चिने भए पछि स्वास्थ्य बीमा कार्यक्रम नाममात्रको सरकारी कार्यक्रम भएको देखिन्छ । यसका लागि स्वास्थ्य बीमा कार्यक्रममा सरकारले उपलब्ध गराउने औषधीहरुको लिष्ट पनि सँगै बीमाकर्तालाई उपलब्ध गराउन सके औषधी पाउने आशामा लाममा बस्ने जेष्ठ नागरिकहरुको संख्यामा कमी आउने छ । यसले सरकारको स्वास्थ्य बीमाले भर गरेको औषधीको जानकारी प्राप्त हुनुका साथै अस्पतालहरुमा अनावश्यक रुपमा लाग्ने भिडमासमेत कमी आउने देखिन्छ ।
यसकारण सरकारको स्वास्थ्य बीमा नीतिलाई बृद्धबृदा, बालक साथै आम जनतामा सफल रुपमा लागू गर्न र आम नेपालीमा हाँसो ल्याउन स्थानीय सरकार तथा केन्द्र सरकारले अन्य फजुल खर्चलाईसमेत कटौति गरी यसप्रति गहिरो चासो देखाउनु थप आवश्यक छ । आपनो जन्मोत्सवमा गरिने करोडौं खर्चलाई यस्ता देशका धरोहरहरुमा खर्च गर्न सके उनिहरुको आशिर्वादले अझ दीर्घजिवन पाउन सकिन्छ ।
सरकारले जेष्ठ नागरिकलाई दिएको “एकलाखे स्वास्थ्य चेक” हातमा थमाएर ब्यागमा राख्न मात्र हैन त्यसलाई भजाई दिने वा आफैं औषधीसँग साटी दिने जिम्मेबारी सरकारले लिईओस भन्ने आम जेष्ठ नागरिकहरुको एउटै भनाई र माग रहेको छ । देशका नगर तथा गाँउपालिकाहरुले जेष्ठ नागरिकहरुको सम्मानमा घर या मन्दिरमासमेत कामै नलाग्ने चिप्ला दोसल्ला ओढाउनुको सट्टा त्यसरी सम्मान गरिने जेष्ठ नागरिकहरुलाई आवश्यक पर्ने औषधी, फलफुल या खाद्यान्नको जोहो गरिदिन सके सुनमा सुगन्ध हुने थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
उपप्रमुख डंगोलसँग ल्हासा नगरको प्रतिनिधिमण्डलको भेटवार्ता
असार १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री श्रेष्ठसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेटवार्ता
असार १२, २०८१ बुधबार
जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध
असार १२, २०८१ बुधबार
क्रिकेटर अनिल साहलाई कलैया उपमहानगरको सम्मान, एक लाख नगद पुरस्कार प्रदान
असार १२, २०८१ बुधबार
लेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका चार जनाको मृत्यु
असार १२, २०८१ बुधबार