कोरोनाको रोकथाममा प्रदेश सरकारको उच्च सतर्कता
नेपालबहस संवाददाता
फागुन २६, २०७६ सोमबार १२:५०:२२
२६ फागुन कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमको सुरक्षा सतर्कता अपनाउने भएको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आज बसेको सरोकारवालासँगको बैठकले कोरोनाको सङ्क्रमण सुदूरपश्चिममा पनि देखिन सक्ने जोखिमलाई मध्यनजर गर्दै यसको रोकथाम, पहिचान उपचार र व्यवस्थापनमा सतर्कता अपनाउने निर्णय गरेको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झङ्करबहादुर विष्टले जानकारी दिए ।
बैठकले कोरोनाको रोकथामका लागि जनचेतना बढाउने, सीमानाकामा हेल्थ डेस्कको सङ्ख्या बढाउने, शंकास्पद बिरामीका लागि अस्पतालमा छुट्टै आइसोलेसन वार्डको व्यवस्थापन गर्ने, कोरोना शङ्कास्पद बिरामीलाई ओसारपसार गर्न सबै जिल्लामा एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।
त्यसैगरी मास्क, पञ्जा र औषधिजन्य सामग्री सार्वजनिक खरिद ऐनको विशेष व्यवस्थाअनुसार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरी आपूर्ति गर्ने, दैनिक उपभोग्य वस्तुको अभाव तथा कालोबजारी हुन नदिन बजार अनुगमन गर्नेलगायत निर्णय गरेको विष्टले बताए ।
बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, विभिन्न मन्त्रालयका सचिव, महाशाखा प्रमुख, स्वास्थ्य निर्देशकलगायत विभिन्न सरोकारवाला निकायको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ १८, २०८१ शुक्रबार
तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
जेठ १७, २०८१ बिहिबार
विपिन जोशीसहित सबै एक सय २५ जनाको रिहाइको माग
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
फेरी सुरु भयो सत्ता गठबन्धनमा अविश्वास बढाउने खेल
जेठ १८, २०८१ शुक्रबार
दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, एक घाइते
जेठ १८, २०८१ शुक्रबार
म्याग्दी युवा कपको उपाधि बौदीकाली र धादिङ स्पोर्टस् क्लबलाई
जेठ १८, २०८१ शुक्रबार
ओलम्पियाकोसले जित्यो युरोपा कन्फेरेन्स लिगको उपाधि
जेठ १८, २०८१ शुक्रबार
नेपाल र अमेरिकाबीचको अभ्यास खेल वर्षाले रद्द, अब नेपालले सिधै विश्वकप खेल्ने
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार