बजार घट्नुको कारण कोरोनाको त्रास होइन
नेपालबहस संवाददाता
फागुन २७, २०७६ मंगलबार २०:१३:५६
२७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि पहिलोपटक १६०० पुगेको नेप्से परिसुचक पुनः ओह्रालो नै लागेको छ । लाल सरकार बनेपछि नेपाल स्टक एक्सचेन्जमा लिस्टिङ भएका कम्पनीको सुचक पनि लाल नै बनिरहेको छ । लालझण्डा ओडेर अर्थमन्त्रालयमा प्रवेश गरेका अर्थमन्त्री डा.युवराज खतिवडाले शेयर लगानीकर्तालाई ग्रीनसिग्नल दिन नसक्नु बजार घट्नुको पहिलो कारण मानिएको छ ।
उनी अर्थमन्त्रालयबाट बाहिरिने चर्चा चलेसँगै बजारमा छाएको उत्साह पुनः उनी अर्थमन्त्रालय प्रवेश गरेसँगै घटेको छ । कतिपयले भने कोरोनाका कारण बजारमा गिरावट आएको बताएता पनि त्यो हावादारी कुरा भएको एक ब्रोकरले नेपालबहस डटकमलाई बताए । उनले होहल्ला र लहलैमा लागेर शेयरको वास्तविक खरिद मुल्य नै घटाएर घाटामा शेयर नबेच्न पनि सुझाएका छन् ।
नेप्सेमा सुचीकृत धेरै कम्पनीहरुले आगामी दिनमा राम्रो प्रतिफल दिनेगरि काम गरिरहेका छन् । हाम्रो देशमा आयात र निर्यातले बजारमा प्रत्येक्ष प्रभाव नपार्ने उनको तर्क छ । उनले भने सरकारले देशभित्र संचालनमा रहेका उत्पादन, बैंकिङ, होटल, बीमा, लघुवित्त, जलविद्युत लगायतका क्षेत्रमा लागनी गर्ने लागनीकर्ताको लगानी संरक्षण गर्ने ठोस नीति निर्माण गर्न नसक्दा त्यसको असर शेयर बजारमा परेको बताए । देशभित्र रहेका यस्ता कम्पनी तथा संस्थाको हितमा सरकारले कुनै उत्साहजनक कदम लिने हो भने सबै लगानीकर्ताले ढुक्कसँग लगानी गर्ने र उच्च प्रतिफल पाउने अवस्था बन्छ ।
तर सरकार नै यस दिशातिर विमुख छ । लगानीकर्तालाई तर्साएर र उनीहरुको कुरा नसुनेर बजारमा उत्साह देख्न नसकिने व्यापारी एवं व्यवसायीको तर्क छ । काेराेनाकाे त्रास नहुँदा नै १२०० काे आसपासमा रहेकाे बजार एकाएक चम्किनु बेमाैसमकाे बाजा थियाे । नेप्से १६०० पुग्दा के काेराेनाकाे त्रास थिएन र ? शेयर बजारमा लगानी गर्दै आएकाहरूले धिताेपत्र बाेर्ड, अर्थ मन्त्रालय, नेपाल स्टक एक्सचेन्ज र नेपाल राष्ट बैंकले लगानीकर्ताकाे हितमा काम गर्न नसकेकाे पनि बताउने गरेका छन् । बेला बखतमा सरकारका यस्ता निकायले लिने सानाे निर्णयका कारणा बजारमा बुल र बेरिसकाे अवस्था आउँछ ।
बजार बन्द
नेप्सेमा नकारात्मक सर्किट लागेसँगै आज बजार बन्द भएको छ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट लगाएको हो ।
गत बिहीबारपछि आज खुलेको बजारमा कारोवारको शुरुवातीदेखि नै ओरालोको यात्रा तय गरेको हो । स्टकले कारोवार आज दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेको छ । नेप्सेका अनुसार नेप्से ६.०२ प्रतिशत बढीले ओरालो लाग्दा नकारात्मक सर्किट लगाइएको हो । आज १ बजेर १३ मिनेटमा नेप्सेले तेस्राे सर्किट लगाएको हो ।
पहिलो पटक ११ बजेर ५९ मिनेटमा ४ प्रतिशतले बजार घटेपछि सर्किट लागेको थियो । त्यसपछि १२ बजेर ३१ मिनेटमा पनि ४ प्रतिशतले नै नेप्से ओरालो लागेपछि ४० मिनेटको लागि कारोबार स्थगित गरिएको थियो । पुन १ बजेर १३ मिनेटमा बजार ६ प्रतिशतले घटेपछि कारोबार बन्द भएको छ ।
नेप्से ८६.३९ विन्दुले घटेर एक हजार ३४९.३१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १७.३५ ले घटेर २९०.३६ मा पुगेको छ । सर्किट लाग्नुअघि कूल १६१ कम्पनीको २७ लाख ३५ हजार ४१८ कित्ता शेयर रु एक अर्ब सात करोड ६६ लाख ९६ हजार ३०० बराबरको कारोवार भएको थियो ।
नकारात्मक सर्किट लागेको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको मात्रै रु आठ करोड ५८ लाख ९९ हजार ४१३ बराबरको कारोवार भएको छ । यस्तै एनआइसी एशिया बैंकको रु आठ करोड २० लाख ५५ हजार ११४ र एनएमबी बैंकको रु ६ करोड ७९ लाख ६४ हजार ४८९ बराबरको कारोवार भएको छ ।
बजारमा ५ प्रतिशत र ६ प्रतिशत घटेर नकारात्मक सर्किट लागेपछि यस दिनको लागि बजार बन्द भएको छ । लगानीकर्ताहरु आत्तिएर शेयर बिक्री गर्न थालेपछि बजारमा तीव्र गतिमा ओरालो लागको हो । कोरोनाको त्रासले लगानीकर्ताहरु शेयर बिक्री गरिरहेको ब्रोकरहरु बताउँछन् ।
देशभित्र कोरोना भाइरसको आतंक बढेको छ । तर सरकार भने आम नागरिक र लगानीकर्तालाई नआत्तिनका लागि भन्न सकिरहेको छैन । सरकार अल्पविकशित देशको बाध्यता नै यस्तै हो भन्दै अघाएको व्यक्ती झैँ चुपचाप बसेको छ ।
सरकारको यस्तो प्रवृत्तिका कारण सोझा लगानीकर्ता भने बलीको बोका बन्न पुगेका छन् । अब्बल भनिएका कम्पनीदेखि सामान्य नाफा कमाएर संचालनमा रहेका प्राय सबै कम्पनीको शेयरमा भारी गिरावट आएको छ ।
कोरोना आतंक रहेको बेला व्यापारीहरु कमाउ धन्दामा मस्त छन् । सामान सक्किएको र भएका सामानहरु पनि केही दिनमा नपाउने भन्दै बजारमा हाहाकारको अवस्था सृजना हुने अवस्था बनेको छ । हरेक घर र कोठामा दैनिक आपुर्तिहुने भन्दा धेरै खाद्यान्नदेखि दैनिक उपभोग्य चिजवस्तुहरुको खात लाग्न थालेको छ । जसले माग र आपुर्तिमा समस्या सृजना हुने परिरिस्थती बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको ओरालो यात्रा जारी, चार अर्ब २१ करोडभन्दा बढीको कारोबार
जेठ १७, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, तीन अर्ब ८९ करोडभन्दा बढीको कारोबार
जेठ १४, २०८१ सोमबार
नेप्सेमा दोहोरो अंकको गिरावट, चार अर्ब ४४ करोडभन्दा बढीको कारोबार
जेठ १३, २०८१ आइतबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार