तातोपानी सिसमजालाघाट र परिगाउँ बाङघाट नाका बन्द
नेपालबहस संवाददाता
चैत ३, २०७६ मंगलबार ०:१:९
३ चैत, डडेल्धुरा । पर्शुराम नगरपालिकाअन्तर्गतका तातोपानी सिसमजालाघाट र परिगाउँ बाङघाट नाका चैत ४ गतेदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य सतर्कतालाई ध्यानमा राख्दै नगरपालिकाले अर्को सूचना प्रकाशन नभएसम्मका लागि तारउतारघाट बन्द गरिएको पर्शुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले बताएका छन् । उनेले भने, “हेल्थ डेस्क स्थापना भए पनि आवश्यक स्वास्थ्य सुरक्षाको अभाव देखिएकाले तत्कालका लागि नगरपालिकाअन्तर्गत रहेका दुई वटै नाका बन्द गर्ने निर्णय गरिएको हो।”
विश्वमा फैलिएको ‘कोभिड–१९’ को सङ्क्रमणलाई मध्यनजर गर्दै सूचना जारी गरी अनिश्चितकालका लागि पर्शुराम– ५ को बाङघाट र पर्शुराम– ६ को सिसमजालाघाट पूर्णरुपमा बन्द गरिने पर्शुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले बताएका छन् ।
उनले भने, “कोरोना सङ्क्रमित मानिस यो नाकाबाट आउनसक्ने भएकाले सतर्कताका लागि चैत ४ गतेदेखि केही समयका लागि तारउतारघाट बन्द गरिएको हो ।” पर्शुराम नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय र सरोकारवालाको संयुक्त अनुगमनपश्चात् नाका बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख साउदले बताएका छन् ।
सिसमजाला घाट र बाङ्घाटबाट दैनिक १५० देखि २०० को हाराहारीमा मानिस नेपाल–भारत आवतजावत गर्ने भए पनि घाट बन्द भएपछि दैनिक उपभोग्यका सामानदेखि अन्य लत्ताकपडा र खाद्यान्य किनबेचमा समस्या आएको छ ।
सीमा नाका बन्द भएपछि पर्शुराम नगरपालिकाको सिसमजाला, सादनी, घुम्टेगडा, सिमलखेत, परिगाउँ, कटाल, जमरेनी, लामीगडा लगायतका बस्तीका मानिसलाई प्रत्यक्ष असर परेको स्थानीय हर्कबहादुर चन्दले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
गोदावरीको हाटखोली आन्तरिक पर्यटकको रोजाइमा
जेठ ७, २०८१ सोमबार
कांग्रेससहित विपक्षी दलहरुले गरे संसद अवरोध, १५ मिनेटका लागि बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
सुनको मूल्य तोलामा नौ सयले बढ्यो, चाँदीको कति ?
जेठ ७, २०८१ सोमबार
चर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
विष्णुमती नदीमा पानीको सतह बढ्यो
जेठ ७, २०८१ सोमबार