रुपडिया सीमा नाका एकसाता बन्द
नेपालबहस संवाददाता
चैत ९, २०७६ आइतबार १८:४६:५३
९ चैत्र, नेपालगञ्ज । भारतमा कोरोना भाइरस प्रभावितको संख्या बढ्न थालेपछि संभावित संक्रमण रोक्न नेपालले कडाईका साथ सीमा नाका बन्द गर्न थालेको छ । यसैक्रममा आजबाट पश्चिम नेपालको नेपालगञ्जस्थित रुपडिया (जमुनाहा) नाका एक साताका लागि बन्द गरिएको छ ।
यो नाकाबाट नेपाली र भारतीय नागरिकको आवतजावत रोक्ने उद्देश्यले आजैबाट रोक लगाउन दुवै देशमा पदाधिकारी सहमत भएको जानकारी बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले दिएका छन् । तर सामान आवतजावतमा भने कुनै रोकटोक नरहेको पनि उनले बताए ।
आयात निर्यात भने यथावत हुने छ – प्रजिअ खड्काले भनेका छन् । यसका साथै अत्यावश्यक सेवामा समेत कुनै बन्देज नलगाइको जानकारी उनले दिएका छन् । भारतको उत्तर प्रदेशमा कोरोना संक्रमण फैलिएपछि केही दिन यता हजारौं नेपाली यही नाका हुँदै स्वदेश फर्कन थालेका थिए ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ । हालसम्म झण्डै तीन सयमा संक्रमण देखापरेको छ भने पाँच जनाको मृत्यु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार