सबै भारतीय सीमा नाका सिल गर्न माग
नेपालबहस संवाददाता
चैत ९, २०७६ आइतबार १९:२१:३३
९ चैत्र, काठमाडौं । सरकारले कोराेना भाइरसको संभावित संक्रमणबाट जोगिन आजबाट अन्तर्राष्ट्रिय हवाई उडानसमेत रोक्ने निर्णय गरेपनि दक्षिणी छिमेकी भारतीय सीमा नाका व्यवस्थित गर्न नसक्दा ठूलो जोखिम देखिएको छ । भारतसँगको खुला सीमा हुँदा दुवै मुलुकका नागरिक आवातजावतमा कुनै अवरोध छैन ।
नेपालमा हालसम्म एकजनामा पनि कोरना भाइरस पुष्टी नभएपनि छिमेकी भारतमा भने तीनसय भन्दा बढी संक्रमित भैसकेका छन् । साथै ६ जनाको त मृत्यु नै भइसकेको छ । त्यसैले यस्तो संवेदनशील अवस्थामा समेत सरकारले ठोस निर्णय लिन नसक्दा कोरोनाको संभावित जोखिम चुलिएको छ । पश्चिम नेपालका सीमावर्ती क्षेत्रबाट अहिले धमाधम नेपालीहरु लर्को लागेर नेपाल पसिरहेका छन् । दुवै देशका नागरिक बिना रोकटोक निर्वाध आवतजावत गर्ने अवस्थाले भयावह अवस्था आउन सक्ने विज्ञहरुको भनाई छ ।
नागरिक समाजका अगुवा डी पी अर्याल भन्छन् – सबैभन्दा पहिला भारतीय सीमा सिल गरौं अनि अरु सतर्कता अपनाउनु बुद्धिमत्ता हो । हुनपनि अन्तराष्ट्रिय उडान मात्र रोकेर कोरोना भाइरस रोक्न मुश्किल छ । भारतमा बढिरहेको संक्रमणको सिधा असर नेपाललाई पर्नेछ – अर्याल भन्छन् । केही समयका लागि हामीले पूर्णरुपमा भारतीय सीमा सिल गर्नै पर्छ अनि मात्र जोगिन सकिन्छ – उनी भन्छन् ।
तर सरकारले भने यस्तो वातावरण बनाउन सकिरहेको छैन । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षीसँग यसबारे छलफल गरेको तर ठोस उत्तर नपाएको बताएका छन् । अब भारतीय पक्षको उत्तर पर्खने बेला बाँकी छैन भन्दै अर्याल भन्छन् – आफ्नो सुरक्षा आफैं गर्ने हो ।
स्थानीय तहबाटै पनि यसको हल खोज्न सकिने अवस्था रहेको छ । आजै मात्र बाँकेको जमुनिहा नाका एक साताका लागि पूर्णत सिल गरिएको छ । दुवै देशका स्थानीय पदाधिकारीबीचको सहमति बमोजिम यस्तो निर्णय भएको हो । त्यही शैलीमा अन्यत्र पनि नेपालले सिल गर्न पहल थाल्नु पर्ने सुझाव नागरिक समाजका अगुवा अर्यालको रहेको छ । आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद बैठकले एकपक्षीय रुपमै भएपनि यस्तो निर्णय लिनुपर्ने धारणा उनको रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार