राजविराजमा खाना पकाउने ग्यासको अभाव, उपभोक्ता मारमा
नेपालबहस संवाददाता
चैत १५, २०७६ शनिबार २०:४५:७
१५ चैत्र, राजविराज । कोरोना भाइरसको महामारीलाई रोकथाम गर्न नेपाल सरकारले अह्वान गरेको लकडाउनले अहिले सप्तरी जिल्लाको राजविराजसहित विभिन्न ठाउँमा खाना पकाउने ग्यास अभाव भएको छ । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले अह्वान गरेको लकडाउनले जिल्लाको विभिन्न ठाउँका बजार, पसल पूर्णरुपमा बन्द भएका कारण सहज रुपमा ग्यास उपलब्ध नभएपछि उपभोक्ताले गुनासो गरेका छन् ।
राजविराजका ग्यास विक्रेता ग्यास अभाव रहेको भन्दै उपभोक्तालाई बढी मूल्यमा बिक्री वितरण गरी केही स्थानमा ग्यासको कालोबजारीसमेत भइरहेको उपभोक्ताले बताएका छन् । राजविराज बजारमा विगत पाँच दिनदेखि सबैतिर ग्यास खोज्दा ग्यास नभेटेको र ग्यासको अभावमा अहिले हिटर र राइसकुकरमा खाना पकाएर खानुपर्ने अवस्था आएको राजविराज–३ का रोशन गोइतले गुनासो गरे ।
ग्यास उद्योगबाट १५ दिनदेखि थप ग्यास नआएकाले आ–आफ्ना पसल बन्द गरिएको राजविराजको कञ्चनपुर रोडमा रहेका कमख्या ग्यास डिलरका विक्रेता वैजनाथ दासले बताए । लकडाउनले बाहिर निस्कने अवस्था नरहेकाले समस्या परेको ग्यास बिक्रेता दासको भनाइ छ ।
कोशी ग्यास डिलर राजविराजका अनुसार राजविराज नगरपालिका क्षेत्रभित्रै तीन हजार ग्राहक रहेको भन्दै समयमा ग्यास नआएका कारण अहिले ग्यासको हाहाकार भएको जनाएको छ । ग्यास डिलरमा विगत १०÷१५ दिन अगाडि खाली सिलिन्डर लाइनमा लगाएकाले अहिले ग्यासको अभावमा उनीहरुलाई दिनसमेत नसकेको ग्यास विक्रेताले बताएका छन् ।
राजविराज बजार क्षेत्रमा सुविधा, कोशी, कमख्या, प्रिमिया, सुपरलगायत एक दर्जन डिलर रहे पनि अहिले ती डिलरमा ग्यास अभाव रहेको डिलरका विक्रेताको भनाइ छ । ग्यास गोदाममा खाली सिलिन्डर मात्र जम्मा रहेको भन्दै भरेको सिलिन्डर आएपछि र ग्यास बाँड्ने व्यवस्था स्थानीय प्रशासनले मिलाए मात्र ग्यास विक्री वितरण गर्न सहज हुने कोशी ग्यास विक्रेता राजेश कर्णले बताए ।
यता नेपाल आयल निगम विराटनगर डिपोले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर राखेका कारण ग्यासको समस्या भएको जनाएको छ । त्यस्तै राजविराजका पम्प बन्द हुँदा पेट्रोलियम पदार्थको समेत समस्या भएको सर्वसाधारणको गुनासो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
कलाकार संघले भन्यो- स्वस्तिमा-साम्राज्ञीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण
असार १२, २०८१ बुधबार
अब साउनदेखि सिंहदरबार प्रवेश गर्न 'इ–गेटपास'को व्यवस्था गरिने
असार १२, २०८१ बुधबार
ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार