बालसुधार गृहमा रहेका बालबालिका धमाधम छुट्न थाले
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
चैत २२, २०७६ आइतबार १:४०:५
![](https://nepalbahas.prixacdn.net/media/albums/balbalika_yBA0PWJDzX.jpg)
◊ रमेश गिरी
२२ चैत्र, भक्तपुर । विभिन्न अपराधमा संलग्न रहेको अभियोगमा अदालतको आदेशानुसार देशभरका विभिन्न बालसुधार गृहमा रहेका बालबालिका धमाधम छुट्न थालेका छन् । कोभिड–१९ को सङ्क्रमण बन्दीगृहमा नहोस् भनेर क्षेत्रमा नहोस् भनेर क्षमताभन्दा बढी बालबन्दी रहेको अवस्थामा कम सजाय बाँकी भएका र साना घटनामा रहेका बालबन्दीलाई छोड्ने सर्वोच्च अदालतको आदेशपछि विभिन्न जिल्लामा रहेका बालसुधार गृहबाट धमाधम बालबन्दी छुट्न थालेका हुन् ।
भक्तपुरको सानोठिमीमा नेपाल सरकारको सहयोगमा गैरसरकारी संस्था युसेप नेपालद्वारा सञ्चालनमा रहेका चारवटा बालसुधार गृहबाट अदालतको आदेशपछि एक सातायता १२५ जना बालबालिका छुटेका छन् । यसमध्ये भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहबाट मात्रै ५४ जना बालबालिका छुटेका छन् ।
कूल ११० जनाको क्षमता रहेको यो बालसुधार गृहमा २६४ जना बालबालिका राखिएकामा अदालतको आदेशपछि ५४ जना बालबालिका छुटेको बालसुधार गृहका उपनिर्देशक केशव सुवालले जानकारी दिए । सानोठिमीस्थित बालसुधार गृहमा अझै कैद भुक्तान एवं थुनुवा गरी २१० जना बालबालिका रहेको उनले जानकारी दिए ।
वाग्मती प्रदेशका १३ जिल्लाका बालबालिका राख्ने भनिए पनि हाल यहाँ ४४ जिल्लासम्मका बालबालिका रहेका छन् । बसाइँसराइका कारण उपत्यकामा विभिन्न जिल्लाबाट आउने बढी भएको र उपत्यकामै अपराध भएपनि बाहिर जिल्लाका बालबालिकाको संलग्न बढी रहेकाले वाग्मती प्रदेशभन्दा बाहिर जिल्लाका बालबालिका पनि यही सुधार गृहमा राख्न थालिएको हो । बालसुधार गृहमा सिन्धुपाल्चोक, रामेछाप, रसुवा, नुवाकोट, काभ्रेका बालबालिका बढी रहेका उपनिर्देशक सुवालले बताए ।
बाल सुधारगृहमा रहेकामध्ये धेरैजसो जबर्जस्ती करणी मुद्दामा संलग्न रहेका, केही देहव्यापार मुद्दामा र केही कर्तव्य ज्यान, पाकेटमारा, लागुऔषध ओसारपसार, चोरी डकैटीमा संलग्न रहेको मुद्दामा आरोपित रहेका छन् । यहाँ कम्तीमा १२ वर्ष उमेरसम्मका बालबालिका रहेका थिए ।
त्यसैगरी युसेपअन्तर्गत रहेका कास्की, नेपालगञ्ज र विराटनगरमा रहेका बालसुधार गृहबाट पनि अदालतको आदेशअनुसार बालबालिका छाडिएको छ । यसमा कास्कीबाट १५ जना, विराटनगरबाट २१ जना र बाँकेबाट ३५ जना छुटेको उनले जानकारी दिए । उपनिर्देशक सुवालका अनुसार कास्कीमा ५० जनाको क्षमता रहे पनि अझै ६६ जना, विराटनगरमा ५० जनाको क्षमता रहे पनि अझै १४४ जना र बाँकेमा ५० जनाको क्षमता रहे पनि अझै १०७ जना बालबालिका रहेका छन् । छुटेका बालबालिकालाई आवश्यक परेको र खोजेका बेलामा हाजिर गराउने गरी हाललाई परिवारको जिम्मा लगाएर पठाइएको छ ।
सानोथिमि बालसुधार गृहमा शिक्षाको राम्रो व्यवस्था रहेको र एसइई परीक्षा दिएकाका लागि पुस्तकालयको समेत व्यवस्था गरेको छ । कक्षा १२ सम्म अध्ययन गर्नका लागि कक्षाकोठा भवन निर्माण भइरहेको छ । कक्षा ५ देखि १० सम्मका बालबालिकाका लागि सुधार गृहभित्रै विद्यालय सञ्चालनमा रहेको बालसुधार गृह सानोठिमीका कार्यक्रम अधिकृत एवं बालअधिकार संयोजक सन्तुलन देशेमरुले जानकारी दिए ।
यस वर्षदेखि कक्षा १२ सम्मको सम्बन्धन लिइसकेकाले सुधार गृहभित्र रहेका बालबालिकालाई अब कक्षा १२ सम्म नै यही पठनपाठनको व्यवस्था गरिने भएको छ । यसका लागि भवन निर्माण अन्तिम चरणमा पुगेको छ । क्षमताभन्दा दोब्बरभन्दा बढी बालबालिका राख्दा मेस, सुत्ने कोठामा समस्या भने रहेको छ । सुत्ने ठाउँको अभावलाई झेल्दै अहिलेसम्म व्यवस्थापन गर्दै आए पनि सरकारले आवास भवनको क्षमता भने वृद्धि गर्नुपर्ने आवश्कता रहेको देशेमरुले बताए ।
सुधार गृहभित्र बालबालिकाले पाउनुपर्ने अन्य सुविधा सहजरुपमा व्यवस्था गरिएको जानकारी दिँदै कार्यक्रम अधिकृत देशेमरुले पठनपाठन, पुस्तकालय, मनोपरामर्श कक्षा, खेलकूद, स्वास्थ्य उपचारलगायतको सेवा रहेको बताए । कोरोनाको सङ्क्रमण हुन नदिन बारिहको भेटघाटलाई रोकिएको छ ।
त्यसैगरी महान्यायाधिवक्ताको कार्यालयका अनुसार महान्यायाधिवक्ताको कार्यालयका अनुसार अन्य बालसुधार गृहमध्ये रूपन्देहीबाट १८, डोटीबाट १७, पर्साबाट १२ र मकवानपुरबाट पाँच जना बालबालिकालाई पनि अभिभावकको जिम्मा लगाएर छाडिएको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरमा हेलिकप्टर पार्किङ [ फोटोफिचर ]
असार १०, २०८१ सोमबार
बुङ्गमतीमा रोपाईंको चटारो [ फोटोफिचर ]
असार १०, २०८१ सोमबार
मुद्दा दर्ता गर्न अदालत पुगे अख्तियारका कर्मचारी
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही
असार १२, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
अविरल वर्षाले पोखरामा सडक भासिँदा आवागमनमा समस्या
असार १२, २०८१ बुधबार
नौ महिनादेखि तलब नपाएको कैलालीका स्वास्थ्यकर्मीको गुनासो
असार १२, २०८१ बुधबार
राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट
असार १२, २०८१ बुधबार
कांग्रेसका सांसदलाई विज्ञ राखेर लगानी सहजीकरण विधेयकमा अभिमुखीकरण
असार १२, २०८१ बुधबार