लकडाउनमा तीन सन्तानसहित घुरनी भोकै, कतैबाट पाएनन् राहत
नेपालबहस संवाददाता
चैत २५, २०७६ मंगलबार २२:३:२७
♦ धीरुभाइ
२५ चैत्र, राजविराज । राजविराज नगरपालिकाको दक्षिणसँगै टाँसिएको रञ्जितपुर गाउँ छ । सप्तरीको बिष्णुपुर गाउँपालिका वार्ड नम्बर ६ रन्जितपुरमा सदा (मुसहर) दलितको बाक्लो बस्ती छ । उनीहरुको सम्पतिको नाममा दैनिक ज्यालादारी मजदुरी नै हो ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न र बचाउन लकडाउन गरेपछि ती मजदुरहरुलाई गर्जो टार्न साहै् कठिन भएको छ । एकदिन कटेपछि एक जुनी कटेको अभाषका साथ उनीहरु बाँच्न विवश छन । यस्तै अवस्थाबाट गुज्रिरहेको शान्तीदेवी (घुरनी) सदालाई छाक टार्न पहाडको भेल आए जस्तै भएको छ । करिब सातवर्ष अघि श्रीमान घुरन सदा बितेपछि तीन छोराछोरीको लालनपालनको जिम्मेवारी घुरनी उपर नै थपिएको छ ।
शारीरिक रुपमा कमजोर भएपनि सानो छोराछोरीको लालनपालन गर्न गाउँघरमै अर्काको काम गरेर जसोतसो दैनिक गुजार गर्दै आएकी घुरनीलाई लकडाउनमा ती काम नपाउँदा भोकै बस्नु परेको बताइएको छ । घुरनीसँगै उनका तीन सन्तान पनि कसले कुन बेला आहारा देला बाटो टोलाईरहेका छन ।
लकडाउनको १४ दिन बित्तिसक्दापनि कसैले एकदाना अन्न नदिएको गहभरी आँसु झार्दै उनले भनिन्, गरिबको दुःख पीडा बुझ्ने कोही छैन । अहिले न कतै जान सकेको छु न कसैको घरमा काम गर्न दिएको छ । के गर्ने, चिन्ताले सताएको छ ।सामाजिक दुरी कायम राख्न मागेर खानलाउन र बस्न समस्या भएपछि निर्माणधिन दलित छात्रावास भवनमा तीन सन्तानसहित घुरनी बस्न बाध्य भएकी छिन् ।
फरक क्षमताका घुरनीको घरघडेरी नभएका कारण सदा बस्ती नजिक रहेको दलित छात्रावासको निर्माणाधिन भवनमा दुई वर्षदेखि बस्दै आएका छन् । जेठो छारो १० वर्ष, दुईवटा छोरी आठ र छ वर्षको रहेको स्थानीय समाजसेवी अशोककुमार यादवले बताए । घुरनीका छोराले नजिककै चोकमा मागेर घर लगेपछि सबैजनाले बाँडीचुडी खाने गरेको यादवले जानकारी दिए ।
फोटो क्याप्सन : भोकै बस्न बाध्य रहेको घुरनी सदा ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐतिहासिक मुक्तेश्वर मन्दिर प्रचारप्रसार अभावमा ओझेलमा
जेठ १६, २०८१ बुधबार
गर्मी अत्यधिक बढ्दै, तराईमा तीन दिनसम्म तातो हावा चल्ने
जेठ १६, २०८१ बुधबार
राङ्गी विद्यालय प्राङ्गणमा मन्दिरको शिलान्यास, १५२ जनाले गरे आर्थिक सहयोग
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार
२०८४ अगाडी नै संविधान संशोधन गरिनुपर्छः सिटौला
जेठ १६, २०८१ बुधबार
चन्द्रागिरिले सवारी प्रदूषण नियन्त्रणमा कडाइ गर्ने
जेठ १६, २०८१ बुधबार
आफ्नै ठुलीआमालाई हत्या गरेको अभियोगमा पक्राउ
जेठ १६, २०८१ बुधबार
उत्तर कोरियाबाट फोहोरले भरिएका बेलुन दक्षिणतर्फ पठाइएको दावी
जेठ १६, २०८१ बुधबार
जापानका अनुसन्धानकर्ताद्वारा विश्वको पहिलो काठको उपग्रह निर्माण
जेठ १६, २०८१ बुधबार
गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता पाण्डे नियुक्त
जेठ १६, २०८१ बुधबार