समाचारको प्रभाव : मन्त्री साहदेखि समाजसेवीहरुले दिए खाद्यान्न
नेपालबहस संवाददाता
चैत २६, २०७६ बुधबार २१:४२:४१
♦ धीरुभाइ
२६, चैत सप्तरी । लकडाउनमा तीन सन्तासहित घुरनी भोकै, कतैबाट पाएनन् राहत शिर्षकको समाचार हिजो नेपालबहस डटकम अनलाइनमा छापिएपछि मन्त्रीदेखि समाजसेवीहरुको ध्यान तानिएको छ ।
यसैक्रममा प्रदेश २ भूमी व्यवस्था, कृषि र सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले व्यक्तिगत रुपमा उनलाई लकडाउन अवधिभरी पुग्ने गरी खाद्यान्न दिएका छन । शान्तीदेवी (घुरनी) सदालाई खाद्यन्न दिदै मन्त्री साहले लकडाउन अवधिभर घुरनीको सम्पूर्ण खाद्यान्न तथा थप खर्च व्यक्तिगत रुपमा उपलब्ध गराउने बताए ।
फरक क्षमता(अपाङ्गता) भएका तीन सन्तानकी एकल एक महिला घुरनीलाई बुधबार मन्त्रीसहित विभिन्न समाजसेवीहरु समेत खाद्यान्न राहत दिएका हुन । खुल्ला आकाशमुनी बस्दै आएकी सप्तरीको बिष्णुपुर गाउँपालिका वार्ड नम्बर ६ रन्जितपुरका धुरनीको अवस्थाबारे धीरुभाइले लेखेको समाचार नेपालबहस अनलाइनमा प्रकाशित भएपछि तत्कालै मारवाडी समाज सप्तरीका थानसिंह भन्साली, बैजु जोशीले खाद्यान्न उपलब्ध गराएका हुन ।
त्यस्तै सोही समाचार पढेर महिला बालबालिका तथा युवा सशक्तिकरण नेपाल अध्यक्ष तथा गैसस अध्यक्ष बौआलाल यादव र समाजसेवी महिला नेतृ रमिला साहसमेत बुधबार खाद्यान्न प्रदान गरेका छन् । उनीहरुले चामल, दाल, आलु, खाने तेल, नून, साबुन लगायतको अति आवश्यक खाद्यान्न सामग्री प्रदान गरेका हुन ।
कसरी बित्छन घुरनीको दैनिकी ?
अरुको घरमा सानोतिनो मजदुरी गरी घुरनी सदा दिन काट्ने गरेकी छन् । कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट बच्न र बचाउन लकडाउन गरेपछि उनको मजदुरी पनि बन्द भएको छ । एकदिन बिताउन उनलाई एकदमै कठिन अवस्था छ । करिब सात वर्ष अघि श्रीमान घुरन सदा बितेपछि तीन छोराछोरीको लालनपालनको जिम्मेबारी घुरनी उपर नै थपिएकाे छ ।
शारीरिक रुपमा कमजोर भएपनि सानो छोराछोरीको लालनपालन गर्न गाउँघरमै अर्काको सानोतिनो काम गरेर जसोतसो दैनिक गुजार गर्दै आएकी घुरनीलाई लकडाउनमा ती काममा पनि नलगाउँदा भोकै बस्नु परेको थियो । घुरनीसँगै उनका तीन सन्तान पनि कसले कुन बेला आहार देला भनेर बाटो कुरिरहेका थिए । उनले प्राप्त गरेको राहत खाद्यान्न अमृत सरह भएको छ ।
फरक क्षमताका घुरनीको घरघडेरी नभएका कारण सदा बस्ती नजिक रहेको दलित छात्रावासको निर्माणाधिन भवनमा बस्दै आएका छन । जेठो छारो १० वर्ष, दुई वटा छोरी क्रमशः आठ र छ वर्षको रहेको छ । शारीरिक अशक्ताले अन्न जोहो गर्न नसकेका दिन छोराले नजिककै चोकमा मागेर घर लगेपछि सबै जना बाँडीचुडी खाएर छाक टार्दै आएकी छिन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार