अब कनेक्ट आईपीएसमार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
चैत २९, २०७६ शनिबार २२:३४:२३
![](https://nepalbahas.prixacdn.net/media/albums/Nepal-life-insurance_jAlhJHWdJ6.jpg)
२९ चैत्र, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न डीजीटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आईपीएसमार्फत पनि अनलाइन भुक्तानी गर्न सकिने छ । कनेक्ट आईपीएस (Connect IPS) मा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी आफ्नाे बीमा शुल्क भुक्तानी गर्न सकिने छ ।
कम्पनीको शाखा-उपशाखा कार्यालयमा गई आफ्नाे प्रिमियम भुक्तानी गर्दै आउनुभएका सेवाग्राहीहरुले अब सहज र सरल तरिकाबाट कनेक्ट आईपीएसमार्फत अनलाइन भुक्तानी गर्न सक्नुहुनेछ । जुनसुकै समयमा जहाँसुकैबाट अनलाइन भुक्तानी गर्न सकिने यो सेवाले बीमितहरुको समयको बचत हुने कम्पनीले जनाएको छ ।
नेपाल लाइफले आफ्ना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यस अघि नै नेपाल लाइफको प्रिमियम डीजिटल बालेटहरु ईसेवा तथा प्रभुपे बाट अनलाइन भुक्तानी भइरहेको छ । त्यस्तै फोन पेमार्फत आफ्नाे बैंक खाता कनेक्ट गरी र नेपाल इन्भेष्टमेन्ट बैंकको इन्टरनेट बैंकिङमार्फत अनलाइन भुक्तानी भइरहेको समेत कम्पनीले जनाएको छ । नेपाल लाइफले अन्य डीजिटल भुक्तानी सेवाबाट पनि बीमा शुल्क भुक्तानीको व्यवस्था गर्दै जाने विज्ञप्तीमा उल्लेख गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीमा सूचना केन्द्र स्थापना सम्बन्धी अन्तक्रिर्या कार्यक्रम सम्पन्न
जेठ २५, २०८१ शुक्रबार
क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन
जेठ १५, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
अन्तःशुल्क स्टीकरण प्रकरणमा अख्तियारको अुसन्धान, कति सम्बन्धित छन विवरण ?
असार १२, २०८१ बुधबार
केजरीवालको संकट बढ्दै, सीबीआईले हिरासतमा लियो
असार १२, २०८१ बुधबार
उपप्रमुख डंगोलसँग ल्हासा नगरको प्रतिनिधिमण्डलको भेटवार्ता
असार १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री श्रेष्ठसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेटवार्ता
असार १२, २०८१ बुधबार
जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध
असार १२, २०८१ बुधबार
क्रिकेटर अनिल साहलाई कलैया उपमहानगरको सम्मान, एक लाख नगद पुरस्कार प्रदान
असार १२, २०८१ बुधबार