सुरक्षालाई चुनौती दिदै लकडाउनमा प्रतिबन्धित लागुऔषध कारोबारी सक्रिय, पाँच जना पक्राउ
नेपालबहस संवाददाता
चैत ३०, २०७६ सोमबार ०:५६:१८
♦ धीरुभाइ
३० चैत्र, सप्तरी । जारी लकडाउनमा सप्तरीमा प्रतिबन्धित लागुऔषधको कारोबार बढेको छ । यसले लकडाउनको व्यवस्थापन माथि नै प्रश्न तेर्साएको छ । लकडाउनको बेला बिना अनुमति सवारी साधन प्रयोग गरी प्रतिबन्धित लागुऔषध ओसारपसारले लकडाउनको कडाईको सट्टा खुकुलो रहेको प्रष्ट हुन्छ ।
कोरोना भाइरस संक्रमण फैलिनबाट बच्न र बचाउन जारी लकडाउनमा लागुऔषध कारोबारी भने सक्रिय देखिएका छन् । लकडाउनको मौका छोपी प्रहरीलाई छलेर लागुऔषधको कारोबारी गर्ने मानिसहरु सक्रिय भएका हुन । लकडाउन लागू भएयताको यसअवधिमा सप्तरीको दुई स्थानबाट पाँच जनालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।लागुऔषध बोकेको अवस्थामा उनीहरुले प्रयोग गरेको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिई कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् ।
यसैक्रममा गत बिहीबार जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ हाटीबाट प्रहरीले लागुऔषधसहित जिल्लाकै विष्णुपुर गाउँपालिका वडा नम्बर ५ बस्ने ४५ वर्षीय जोगिन्द्र यादवलाई पक्राउ गरेको छ । उनले को ४ प ४३६८ नम्बरको मोटरसाइकलमा सवार भई जादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको गस्ती प्रहरी टोलीले पक्राउ गरेको हो । चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध नित्रभेट ट्याबलेट १५ थान, निट्रोसन ट्याबलेट १० थान र स्पासमो प्रोएक शोभन पलस १० थान, डाइलेक्स डीसी २२ बोतल बरामद भएको प्रहरी प्रवक्ता भारतीले जानकारी दिए ।
त्यसैगरी गत २५ गते जिल्लाको हनुमाननगर कंकालीनी नगरपालिका १ कोसी ब्यारेजबाट चारजना युवकलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको कञ्चनरुप नगरपालिका २ बरमझिया बस्ने वर्ष २९ को सुरज साह, वार्ड नंम्बर ८ रुपनगर बस्ने वर्ष ३२ को दिपेन्द्र श्रेष्ठ, वार्ड नम्बर ५ बस्ने वर्ष २१ को संजय साह र हनुमाननगर कंकालीनी नगरपालिका १ बस्ने वर्ष १९ को कालु साह रहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए । उनीहरुले प्रयोग गरेको स. ३ प. ३०१०, को. ७ प. ९३२ , बा. ४३ प. ४६१४ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले चेक जाँच गर्ने क्रममा उनीहरुको साथबाट नाईट्राभेट ट्याबलेट १९ थान, डाईलेक्स सिरफ छ थान बरामद भएको थियो । लागुऔषधसहित पक्राउ परेका पाँचैजना उपर थप अनुसन्धान भईरहेको प्रहरीले बताइएको छ ।
पक्राउ परेका पाँच जना कारबाहीमा परेका पात्र मात्र हुन । यसबाहेक पनि लागुऔषध कारोबारी सक्रिय रहेको हुन सक्छन । भारतीय सीमासँग जोडिएको गाउँबाट पक्राउ परेको कारण भारतबाटै नै ल्याउने गरेको अनुमान गरिएको छ । यता नेपाल–भारत सीमामा दुबै देशमा आवतजावतलाई पूर्ण रोक लगाउन नेपाल सरकारले थप सुरक्षा बेश खडा गरी सुरक्षाकर्मी परिचालन गरिएको छ । तर, त्यो कडाई पनि कारोबारीले नजरअन्दाज गर्दै आएका छन् ।
फोटो क्याप्सन : लागुऔषधसहित पक्राउ परेका मानिस ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहट प्रहरीद्वारा लाखौँको भारतीय मलखाद र कुखुरा बरामद
जेठ १०, २०८१ बिहिबार
दिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
भीमफेदीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार
महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
जेठ १६, २०८१ बुधबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार