कोरोना प्रतिकार्यमा उच्च सतर्कता अपनाउँदै कर्णाली सरकार
नेपालबहस संवाददाता
बैशाख २२, २०७७ सोमबार २३:४०:५
२२ बैशाख, सुर्खेत । प्रदेश नं ५ को बाँके नेपालगञ्जमा आइतबार कोरोना सङ्क्रमितको सङ्ख्या अनपेक्षितरुपमा १६ पुगेपछि कर्णाली प्रदेश सरकारले उच्च सतर्कता अपनाएको छ । भारतसँग सिधै जोडिएको बाँके नेपालगञ्ज र त्यससँग जोडिएको कर्णालीमा पनि कोरोना जोखिम बढ्ने सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै प्रदेश सरकारले उच्च सतर्कता अपनाएको हो ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कोरोना प्रतिकार्यका लागि रणनीतिक ढङ्गबाट अघि बढ्ने तयारी भएको बताए । “हामी यतिबेला सीमानाका र आवश्यकीय क्षेत्रका लागि स्वास्थ्य जनशक्ति तयार गरेका छौँ । यो प्रदेशको स्वास्थ्य अवस्था र जनशक्तिका विषयमा थप तयारी गर्न प्रदेश स्वास्थ्य निर्देशनालयको बैठक बसालिएको छ”, उनले भने, “स्वास्थ्य सेवालाई सशक्तिकरण गर्नेतर्फ हामी जोड दिइरहेका छौँ ।” यहाँका हरेक नागरिकलाई आत्मानुशासित र सजग गराउन सचेतनाका कार्यक्रमलाई पनि अगाडि बढाइने उनले बताए ।
उनका अनुसार कोरोना प्रतिकार्यको रणनीतिक योजना अगाडि बढाउनका लागि आजै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा प्रदेश सङ्कट व्यवस्थापन केन्द्रको आकस्मिक बैठक बोलाइएको छ । सम्भावित जोखिम नियन्त्रणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश अस्पताल र जिल्ला अस्पतालकोतर्फबाट विभिन्न ठाउँमा जनशक्ति खटाउने तयारी भइरहेको र सीमा नाकामा कन्ट्र्याक ट्रेसिङलाई पनि बढाउन लागिएको उनको भनाइ छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सीमा नाकामा कडाइ गर्ने, जो जहाँ छन्, त्यही बस्ने व्यवस्थाका लागि पहल गर्ने, नागरिक आवतजावत रोक्ने र सीमा नाकामा परीक्षण बढाउने कार्यमा थप जोड दिइने बताए । कर्णाली सरकारले कोरोना महामारीबाट बच्न र सुरक्षित हुन कर्णालीवासीलाई अपिल पनि गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
हुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार