धुर्मुस सुन्तली फाउण्डेशनको सहयोग, कोरोना प्रभावितलाई निशुल्क भोजन
नेपालबहस संवाददाता
बैशाख २३, २०७७ मंगलबार २१:४३:४३
२३ बैशाख, काठमाडौं । अहिले विश्वभर कोरोना भाईरसको महामारी फैलिएको छ । सबै नेपाली लकडाउनको प्रभावमा छन् । कोरोना प्रभावितहरुका लागी विभिन्न सामाजिक संस्था तथा समाजसेवीहरु सक्रिय रुपमा राहतका प्याकेज बितरण गरिरहेका छन् ।
यसैबीच महाभुकम्पपछि निरन्तर सामाजिक कार्यमा सक्रिय सामाजिक संस्था धुर्मुस सुन्तली फाउण्डेशनले कोरोना प्रभावित नेपालीहरुका लागी विभिन्न राहत सामाग्री वितरण गरिरहेको छ । कोरोनाको महामारीले विभिन्न स्थानमा अलपत्र परेका नेपाली तथा बिहान बेलुका खाना खानसमेत समस्या भएका नेपालीहरुका लागी फाउण्डेशनले विभिन्न तरिकाले सहयोग गरिरहेको हो ।
फाउण्डेशनले पहिलो चरणमा उद्धार कार्य र दोश्रो चरणमा राहत वितरण गर्दै अहिले निशुल्क भोजनको व्यवस्था गरेको छ । बैशाख ९ गते कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयमा अध्यनरत २०० जना बिद्यार्थीहरुका लागी राहत वितरण संगैं कोरोना प्रभावितहरु पहिचान गरी निरन्तर सहयोग गरिरहेको छ । त्रिभुवन विश्व विद्यालयका २०० बिद्यार्थीहरुका लागी फाउण्डेशनले २०० बोरा चामल, ६०० केजी दाल, २०० पाकेट नुन, २०० लिटर तेल र २०० कार्टुन बिस्कुटसहित खाद्यान्न सहयोग प्रदान गरेको हो । त्यससंगैं झापामा अलपत्र परेको चितवनका २४ बिद्यार्थीहरुलाई चितवन र ललितपुरमा अलपत्र अवस्थामा रहेका ९५ जना मजदुरहरुलाई २ वटा बस रिजर्भ गरी उनीहरुको गृहजिल्ला दाङ पठाईएको थियो ।
धुर्मुस र सुन्तलीको प्रत्यक्ष सहभागितामा काठमाडौं, ललितपुर तथा भत्तपुरमा रहेका विभिन्न बिपन्न, गरिब, विभिन्न रोगीहरु, ज्याला मजदुरी गरी गुजारा गर्ने मजदुरहरु, अशक्त, बिद्यार्थी, बृद्ध, गर्भवती महिला लगायतका पीडित पहिचान गरी अवस्था अनुसार आर्थिक सहयोग समेत गरेको छ । आमाको मुख हेर्ने दिनको अवसरमा धुर्मुसले विभिन्न पीडामा रहेका कोरोना प्रभावित आमाहरुलाई आर्थिक सहयोग गरेका थिए । धुर्मुसले आमाहरुलाई गरेको सहयोगको भिडियो थुप्रैपटक सेयर समेत भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलका अनुसार कोरोना प्रभावितका लागी हालसम्म ११ लाख बराबरको राहत वितरण गरिसकिएको छ ।
विभिन्न राहतका प्याकेज वितरण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनले अहिले निशुल्क भोजन सुरु गरेको छ । सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुर, असहाय तथा बिपन्न परिवारहरुको समस्यालाई मध्यनजर गरी फाउण्डेशनले ललितपुरको थसिखेलमा निशुल्क भोजनको व्यवस्था गरेको हो । ललितपुरस्थित प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा फाउण्डेशनले आजबाट प्रतिभा सहकारीको भवन अगाडी भोजनको व्यवस्था गरेको छ । अशक्त तथा बिपन्न वर्गका पीडितहरु बिहान ९ बजेदेखी ११ बजेसम्म र साँझ ५ बजेदेखी ७ बजेसम्म निशुल्क भोजनका लागी त्यहाँ जान सक्नेछन् । र फाउण्डेशनले आवश्यक पीडितहरु उक्त स्थानमा आई भोजनमा सहभागी हुन अनुरोध समेत गरेको छ ।
विभिन्न स्थानमा रहेका नेपालीहरुलाई सहयोग गर्न धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले सबैलाई अनुरोध समेत गरेका छन् । उनले फेसबुकमा स्ट्याटस राख्दै बिपदमा सबैले सहयोग गरौं भन्दै पीडित पहिचान गरी आवश्यक सहयोग गर्नुनै मानविय धर्म निर्वाह गर्नु भएकाले सहयोग गरि उद्धार गर्न समेत अपिल गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरले वातावरण र कृषि क्षेत्रका सकारात्मक अभ्यास पछ्याउने
असोज १०, २०८१ बिहिबार
बागमती सरकारद्वारा ६७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक
असोज ६, २०८१ आइतबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार