कोरोना सन्त्रासकाबीच खाद्य सामग्रीको मूल्यवृद्धि
नेपालबहस संवाददाता
जेठ ५, २०७७ सोमबार २०:४४:५१
५ जेठ, काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना सन्त्रासका बीच खाद्य सामग्रीको मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७६/७७ को ९ महिना ‘साउन–चैत’सम्मको आंकडा अनुसार खाद्य तथा पेय पदार्थ समूहको मूद्रास्फीति ९.६८ प्रतिशत पुगेको छ ।
यसअवधिमा औसतः मूल्यवृद्धि भने ६.७४ प्रतिशत रहेको छ । समग्र मूल्यवृद्धिदरलाई नियन्त्रण भित्र राख्न गैरखाद्य तथा सेवा समुहले सहयोग गरेको हो । यी समुहको मुद्रास्फीति ४.४८ प्रतिशत देखिएको छ ।
नेपाल राष्ट्र बैंकका नेपालीको भान्सामा प्रयोग हुने सबैजसो खाद्यवस्तुको मूल्यवृद्धिदर उच्च रहेको छ । तरकारी, फलपूmल, मसला र दाल तथा गेडागुडीको मूल्यवृद्धि उत्त देखिएको छ । यसअवधिमा गैरखाद्य तथा सेवासमुहतर्फ शिक्षा, स्वास्थ्, लुगा तथा जुत्ता उपसमुहको मुल्यवृद्धि सामान्य देखिएको छ ।
राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी मूल्यवृद्धि भएको छ । यस अवधिमा काठमाडौं उपत्यकामा ७।१९ प्रतिशतको मूल्यवृद्धि भएको छ । तराईमा ७.०४, पहाडमा ५.८४ र हिमालमा ४.८३ प्रतिशतको मूल्यवृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७५/७६ को चैतसम्म यी क्षेत्रमा क्रमशः ४.७४, ३.९५, ४.८० र ६.२० प्रतिशतको मूल्यवृद्धि रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार