उपत्यका प्रदेशअन्तर्गतका ११९ पत्रकारको कोभिड बीमा
नेपालबहस संवाददाता
जेठ १०, २०७७ शनिबार २३:४७:४७
१० जेठ काठमाडौं । कोभिड–१९ को सङ्क्रमणको जोखिममा काम गरिरहेका नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिअन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुरका ११९ पत्रकारको ‘कोभिड पत्रकार बीमा’ गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झाको पहल एवं मिसन मिडिया क्लबको आर्थिक सहयोगमा प्रतिपत्रकार रु एक लाखको कोरोना बीमा गराएको हो । महासचिव झाले उपत्यका प्रदेशअन्तर्गतका जिल्लामा आवद्ध क्रियाशील पत्रकारको बीमाका लागि क्लबले प्रतिव्यक्ति रु ६०० का दरले ११९ जनाको बीमा शुल्क तिर्न सहयोग गरेको जानकारी दिए ।
उक्त बीमाअनुसार कुनै पत्रकार कोभिड–१९ बाट सङ्क्रमित भएमा बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सले रु एक लाख सम्बन्धित पत्रकारलाई उपलब्ध गराउनेछ । यसअघि कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमसँगै मिसन मिडिया क्लबका अध्यक्षसमेत रहनुभएका महासचिव झाले बीमा कार्यक्रम घोषणा गरेका थिए । यसैगरी दोस्रो चरणमा थप २५१ जनाको पनि कोभिड पत्रकार बीमा गर्ने सम्बन्धि आवश्यक तयारी भइसकेको छ । यसका लागि नामावली सङ्कलन गर्न आह्वान गर्ने तयारी भइरहेको क्लबले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुसहर समुदायमा जीवन बीमाबारे सकारात्मक चासो
साउन ३, २०८१ बिहिबार
नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा
असार १६, २०८१ आइतबार
बीमा सूचना केन्द्र स्थापना सम्बन्धी अन्तक्रिर्या कार्यक्रम सम्पन्न
जेठ २५, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार