सानिमा लाईफको मोबाइल एपमार्फत बीमितले आफ्नो विवरण घर बसेर हेर्न मिल्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
जेठ २१, २०७७ बुधबार २१:१०:४८
![](https://nepalbahas.prixacdn.net/media/albums/Sanima-Life-Insurance_bIkb7aaI5c.jpg)
२१ जेठ, काठमाडौं । ग्राहकहरुलाई नविनतम प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा दिन सदैव अग्रणी सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले लकडाउनको अहिलेको परिस्थितिमा आफ्ना बीमितहरुले घरमै बसेर सानिमा लाईफको मोबाइल एपमार्फत आफ्नो विवरण आफै हेर्न सकिने सुविधा (User Portal) को शुभारम्भ गरेको छ ।
सानिमा लाइफको एप सजिलै गुगल प्लेस्टोर (Google Play Store) बाट डाउनलोड गर्न सकिन्छ । त्यहाँबाट सर्च search मा गएर आफ्नो पोलिसी नम्बर र प्रस्तावकको जन्म मिति राखेर आफ्नो सम्पूर्ण विवरण हेर्न सकिने कम्पनीले जनाएको छ । यस एपमार्फत बीमितले लिएको बीमा योजना, कुल बीमाङ्क रकम, आफुले अहिलेसम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सकिने कम्पनीका महाप्रबन्धक शिवराम तिमिल्सिनाले बताएका छन् ।
साथै सानिमा लाईफको यस एपमा बीमा शुल्कसहितको प्रिमियम शुल्क गणना गर्ने प्रिमियम क्यालकुलेटर सुविधा, कम्पनीको सम्पूर्ण योजनाहरुको बारे विस्तृत जानकारी, Sanima Advisors Portal, कम्पनीको सबै शाखा कार्यालयहरुको विवरण पनि उपलब्ध भएको महाप्रबन्धक तिमिल्सिनाले जनाए ।
बीमा योजना खरिद गरिसकेपछि आफ्न विवरण बुझ्न बारम्बार आफ्नो अभिकर्ता वा कम्पनीसँग सोधिराख्नु पर्ने झन्झट यस सुविधाको शुभारम्भ सँगै समाप्त भएको छ । यसका साथै कम्पनीले घरमै बसेर e-Sewa, Khalti, Connect IPS, Cell-Pay, लगायतका डिजिटल बैंकिङ सुविधामार्फत बीमा शुल्क तिर्न सकिने गरी आफ्नो एपमा नयाँ सुविधा थप गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीमा सूचना केन्द्र स्थापना सम्बन्धी अन्तक्रिर्या कार्यक्रम सम्पन्न
जेठ २५, २०८१ शुक्रबार
क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन
जेठ १५, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
दाहालको दिनगन्ती सुरुः ‘जादुई नम्बर’मा छैन अब कुनै दम
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
कांग्रेसले स्वास्थ्य तथा गुणस्तरसम्बन्धी गैर सरकारी विधेयक दर्ता गराउने
असार १२, २०८१ बुधबार
ट्राभिस हेड टी-२० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा
असार १२, २०८१ बुधबार
नेपालगञ्जमा महिला क्याम्पसमा अध्ययन गर्नको आकर्षण बढ्यो
असार १२, २०८१ बुधबार
जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी
असार १२, २०८१ बुधबार
रुकुमकोट बजार आसपास क्षेत्र
असार १२, २०८१ बुधबार
मार्ग खुलेको ढेड दशकपछि सडक कालोपत्र, स्थानीय हर्षित
असार १२, २०८१ बुधबार