पुराना जीवन बीमा कम्पनीहरुलाई नयाँले उछिन्न थाले, ४ कम्पनी माथि नयाँको अग्रता
आर्थिक संवाददाता
असार ८, २०७७ सोमबार १४:११:१७
८ असार, काठमाडाैं । नयाँ जीवन बीमा कम्पनीको आगमनसँगै पुराना बीमा कम्पनीलाई जीवन बीमा बजारमा आफ्नो दवदवा कायम गर्न समस्या परेको छ । प्रिमियम संकलनमा ४ पुराना जीवन बीमा कम्पनी एशियन लाईफ, प्राईम लाईफ, सूर्या लाईफ र गुराँस लाईफ इन्स्योरेन्सलाई नयाँ जीवन बीमा कम्पनी युनियन लाईफ इन्स्योरेन्सले उछिनेको छ ।
यस आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको तथ्यांक हेर्दा युनियन लाईफले ३ अर्ब २३ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । तर पुराना जीवन बीमा कम्पनी एशियन लाईफले भने ३ अर्ब १० करोड, प्राईम लाईफले २ अर्ब २६ करोड, सूर्या लाईफले १ अर्ब ८० करोड र गुराँस लाईफले १ अर्ब ३७ करोड मात्र कुल बीमा शुल्क आर्जन गरेका छन् ।
यसरी नयाँ जीवन बीमा कम्पनीले आक्रामक प्रिमियम संकलन गर्दा पुराना जीवन बीमा कम्पनीहरुले भने त्यो हिसाबले व्यापार गर्न नसकेको देखिन्छ। अब यस आर्थिक वर्षको अन्तिमसम्म युनियन लाईफले मेट लाईफ इन्स्योरेन्सलाई प्रिमियम संकलनमा जित्ने देखिन्छ भने नयाँ जीवन बीमा कम्पनी रिलायबल लाईफ, सिटिजन लाईफ र ज्योतिले निकै छिटो केही पुराना जीवन बीमा कम्पनीलाई उच्छिन्ने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार