कन्काई नदीमा खतराको घण्टी, तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह
नेपालबहस संवाददाता
साउन ५, २०७७ मंगलबार ३:२५:५९
५ साउन, झापा । झापा जिल्लाकै धार्मिक तथा पर्यटकिय क्षेत्र समेत ओगटेको कन्काई नदीमा आएको बाढीका कारण उक्त नदी आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरु त्रसित र समस्यामा परेका छन् । हिजोदेखि परेको अबिरल बर्षाका कारण कन्काई नदीमा आएको बाढीले खतराको चिन्ह पार गरेपछि तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले सतर्क गराएको छ ।
कन्काई, मैनाचुली र ईलामको बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह पार गर्न लागेकोले झापा जिल्लाका कन्काई नदी आसपासमा रहेका स्थानहरुमा जुनसुकै बेला पनि बाढी पस्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
लगातारको बर्षाले कन्काई सँगै झापाका रतुवा, बिरिङग, कमल, निन्दा, टाङगटिङग र मेची नदीमा पानीको बहाव बढन गई तटीय क्षेत्रको कटान तीव्र बनाएपछि त्यहाँका जनताले हजारौं बिघामा लगाएको धानबाली पुरिनुका साथै जमिन कटानका कारण सयौं नागरिकहरु बिस्थापित हुने खतरा समेत बढेर गएको छ ।
बर्षेनी आउने बाढीका कारण जमिन कटान र बिस्थापितहरुको दीर्घकालिन ब्यवस्थापनमा झापा जिल्ला प्रशासन, राजनैतिक दल, नागरिक समाज र विभिन्न संघसंस्थाहरुले खासै महत्वपूर्ण कार्य गर्न नसकेको स्थानीयहरुको गुनासो रहेको छ । तत्काल राहत र अस्थायी बसोबासमा अग्रसरता देखाउने सामाजिक संघसंस्थाहरुले नदी कटानको दीर्घकालिन समाधानका लागि अग्रसरता लिदैं सरकारलाई घचघच्याउनु पर्ने देखिन्छ ।
पानी पर्ने क्रम अझै पनि नरोकिएकोले झापा जिल्लाका नदी किनारामा बस्ने नागरिकहरुलाई उच्च सतर्कता अपनाउन र रातीको समयमा सुरक्षित तवरले रहन सचेत गराईएको नेपाल रेडक्रस सोसाईटी झापा जिल्ला सभापति लोकराज ढकालले नेपालबहस डटकमलाई बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान
जेठ १८, २०८१ शुक्रबार
कोशी प्रदेशको एक अर्ब ३१ करोड बेरुजु
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार