राष्ट्रपतिमाथि महाअभियोग किन नलगाउने ?
नेपालबहस संवाददाता
साउन ७, २०७७ बुधबार २२:१४:१६
सम्पादकीय
७ साउन, काठमाडौं । राष्ट्रपति पद गणतन्त्रमा स्थापित हुन्छ । चाहे निरंकुशतामा होस् या प्रजातन्त्रमा । निरंकुश शासन प्रणालीको राष्ट्रपति उत्तर कोरियामा छन् । प्रजातन्त्रिक सत्ताको राष्ट्रपति पनि दुई खाले हुन्छन् । पहिलो अमेरिकी राष्ट्रपति, जो कार्यकारी अधिकारसम्पन्न हुन्छ । अर्काे भारत र नेपालका जस्ता, जो अलंकारिक हैसियतमा हुन्छन् ।
नेपालले अवलम्बन गरेको बहुदलीय शासन प्रणाली अन्तर्गतको राष्ट्रपतिको परिकल्पना शो केशको श्रृँगार मात्रै हो , हेर्दा आकर्षक तर उपयोग गर्न नमिल्ने । अझै भनौं केवल डमी । नेपालको संविधान,२०७२ ले परिकल्पना गरेको राष्ट्रपति शीरको ताज मात्रै हो । अर्थात, कार्यकारी अधिकारविहिन । यति हुँदाहुँदै पनि यो पद भने सर्वाेच्च र मर्यादित हो । सारा नेपालीको साझा सम्पदा हो । त्यसैले राष्ट्रपति पदमा नियुक्त हुँदा उ कुनै राजनीतिक दलको सदस्य रहँदैन । सबैको आस्थाको केन्द्रविन्दू हुने भएकाले सम्मानित हुन्छ ।
नेपालमा गणतन्त्र स्थापना भएको दिन २०६५ जेठ १५ गते । दोस्रो जनआन्दोलनको बलमा पुनस्थापित संसद्ले नेपालबाट राजतन्त्रको समूल नष्ट गरी संघीय गणतन्त्र स्थापना गरेको थियो । यो निर्णयले करिब अढाई सय वर्ष पुरानो शाहवंशीय राजतन्त्रको अवशान भएको थियो । राजा र राजतन्त्र भनेको जडसूत्रवादी परम्पराको हिस्सा हो र यसले जनतालाई सधैं रैती नै बनाउने ठम्याई राजनीतिक दलहरुको साझा मुद्धा बन्यो । फलतः राजतन्त्र इतिहासमा तब्दिल भयो ।
गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको भूमिका औपचारिक रुपमा डा. रामवरण यादवले प्राप्त गरे । त्यसअघि नै संक्रमणकालमा भने तत्कालिन प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले अन्तरिम राष्ट्रपतिको भूमिका निर्वाह गरेका हुन् । डा. यादव पनि लगभग ८ वर्ष सो पदमा आसिन भए । उनले सधैं पार्टी र सरकारको छायाँबाट आफूलाई मुक्त राखे ।
त्यसैले उनी अहिलेपनि नेपाली जनताको आँखामा निष्कलंक र विवादरहित मानिन्छन् । यद्यपि पुष्पकमल दाहाल प्रचण्डले सेना प्रमुख रुक्माङ्गद कटवाललाई पदमुक्त गर्न खोज्दा भने सक्रियता देखाए । त्यो सक्रियता भनेको नेपाली सेनाको मनोबल उँचो राख्न र सिंगो मुलुकको सुरक्षा प्रणालीलाई अक्षुण राख्न देखाइएको थियो । जसले गर्दा नेपाली सेना दल विशेषको सुरक्षा दस्तामा खुम्चिनु परेन ।
पछिल्लो कालखण्डमा त राष्ट्रपति निवास सत्ताधारी नेकपाको पनि एउटा गुट अर्थात प्रधानमन्त्री केपी ओलीको सचिवालयमा रुपान्तरण भएको छ । पार्टीका हरेक बैठक र अजेण्डामा राष्ट्रपतिको चासो रहने गरेको छ । आफूलाई सुविधा पुुग्नेखालको वातावरण तयार गर्न उनी खुलेरै पार्टीका नेताहरुलाई दिनदहाडै शीतलनिवास बोलाएर प्रशिक्षण दिने गर्छिन् । अझ ओलीलाई सहज हुनेगरी वातावरण बनाउन उनी गुटबन्दीकै राजनीति गरिरहेकी छन् । यसले भोलि हाम्रो पछिल्लो पुस्तालाई के सन्देश दिन खोजिएको हो ?
त्यसपछि तत्कालिन नेकपा एमालेका तर्फबाट राष्ट्रपति निर्वाचित विद्यादेवी भण्डारी संक्रमणकाल भरि नै खासै चर्चामा आइनन् । तर जब नेकपाको दुई तिहाई नजिकको सरकार बन्यो, फेरि उनैलाई निरन्तरता दिइयो । त्यसपछि भने भण्डारीको भूमिका विवादको घेरामा यसरी तानियो कि अब यो व्यवस्था र प्रणाली नै बद्नाम हुन थाल्यो । दोस्रो कार्यकाल सुरु भएपछि उनमा देखिएको विलाशिता र राजशी ढाँटले शाहवंशीय नेपाली समाजलाई समेत गिज्याइदिएको छ । संसद् अधिवेशनमा सहभागी हुँदाको लावा लश्कर होस् वा सवारी आवागमनका बेला गरिने घण्टौंको चक्का जाम, उनले सर्वसाधारणको कन्सिरी तताउने काम गरिन् ।
हुँदाहुँदा उनी जहाज चढेर कतै जानुपर्दासमेत सर्वसाधारणले घण्टौं विमानस्थलमा कुर्नुपर्ने अवस्था आइलाग्यो । सर्वसाधारण एक छाक खान पौठाजोरी खेलिरहेका बेला राष्ट्रपतिका लागि करोडौं पर्ने विलासी गाडी झिकाइए । अहिले कोभिडको यत्रो संत्राश छ, जनताको परीक्षण समेत हुन सकेको छैन, प्रभावितहरुले राम्रो गाँस वास पाएका छैनन्, तर राष्ट्रपतिलाई भने करोडौंको गाडी र गलैंचाको शोख पलाएको छ । यो भन्दा गैरजिम्मेवार र पदको दुरुपयोग अरु के नै पो हुन सक्ला र ?
ल यतिसम्म पनि नेपाली जनताले सहेकै थिए । पछिल्लो कालखण्डमा त राष्ट्रपति निवास सत्ताधारी नेकपाको पनि एउटा गुट अर्थात प्रधानमन्त्री केपी ओलीको सचिवालयमा रुपान्तरण भएको छ । पार्टीका हरेक बैठक र अजेण्डामा राष्ट्रपतिको चासो रहने गरेको छ । आफूलाई सुविधा पुुग्नेखालको वातावरण तयार गर्न उनी खुलेरै पार्टीका नेताहरुलाई दिनदहाडै शीतलनिवास बोलाएर प्रशिक्षण दिने गर्छिन् । अझ ओलीलाई सहज हुनेगरी वातावरण बनाउन उनी गुटबन्दीकै राजनीति गरिरहेकी छन् । यसले भोलि हाम्रो पछिल्लो पुस्तालाई के सन्देश दिन खोजिएको हो ? विचित्र र बिडम्बनाको अवस्था छ ।
गणतन्त्रको प्रतिकका रुपमा रहेको राष्ट्रपति पद भनेको नेकपाको उपाध्यक्ष पक्कै होइन । त्यो सोच र उँचाईमा नपुगेको व्यक्तिलाई जिम्मेवारी दिएर त कतै यस्तो बेथिति बसाउन खोजिएको त हैन ?
राष्ट्रपति पदको गरिमा र मर्यादा कहाँ रहन्छ ? यतातिर चिन्तनको सर्वथा अभाव छ । उल्टो ओली सरकार आफ्नो सत्ता जोगाउने बलियो हतियारका रुपमा शीतलनिवासलाई घिसार्दै छ । ओलीको गलत काममा स्वयं शीतलनिवास अग्रसर भएको छ । यो ज्यादै बिडम्बनाको विषय हो । नेकपाका नेताहरुले बलजफ्ती विवादमा तान्ने काम गर्दा त्यसको असर राष्ट्रपति पदमा पर्ने हो । उक्त पदलाई सबैको साझा आस्थाको केन्द्रका रुपमा स्थापित गर्ने वा भत्काउने जिम्मा स्वयं राष्ट्रपतिकै हो । किन हो राष्ट्रपति भने नेकपाको गुटको राजनीतिमा धेरै रमाएको पाइन्छ ।
यति मात्र होइन, ताज्जुबको कुरा त के छ भने राष्ट्रपति भण्डारीले नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई डाकेर पार्टीको राजनीतिक कार्यदिशा जनताको बहुुदलीय जनवाद स्वीकारेर नेकपाको एकल अध्यक्ष हुन प्रस्ताव गरेको कुरा सार्वजनिक भएको छ । राष्ट्रपति जस्तो विवादरहित र निष्कलंक पदमा आशिन व्यक्तिले यस्तो प्रस्ताव गर्नुलाई कसरी लिने ? यसको जवाफ स्वयं उनैले दिनुपर्छ ।
गणतन्त्रको प्रतिकका रुपमा रहेको राष्ट्रपति पद भनेको नेकपाको उपाध्यक्ष पक्कै होइन । त्यो सोच र उँचाईमा नपुगेको व्यक्तिलाई जिम्मेवारी दिएर त कतै यस्तो बेथिति बसाउन खोजिएको त हैन ? अहिले सर्बत्र यस्ता प्रश्न उठ्न थालेका छन् । यही अवस्था निरन्तर रहने हो भने केही समयअघि चर्चामा आएजस्तै राष्ट्रपतिमाथि महाअभियोग लाग्ने वा लगाउने काम नहोला भन्ने छैन । सत्तारुढ दलका नेताले त्यसो गरेनन् भने विपक्षी दलले नै भएपनि यस्तो पहल गर्नै पर्छ । नत्र देशमा फेरि राजतन्त्रको बहस सुरु नहोला भन्न सकिन्न । चेतना भया ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार