अनलाइन वक्तित्वकला प्रतियोगितामा लेटाङकी गरिमा अधिकारी बिजयी
नेपालबहस संवाददाता
साउन २५, २०७७ आइतबार १८:३७:४५
२५ साउन,पथरी । पथरी र पथरी शनिस्चरेबाट संचालित गरीमा अनलाइन टेलिभिजनले सिल्भर इन्टरटेनमेन्टको सहकार्यमा आयोजना गरेको ‘अनलाइन वक्तित्वकला प्रतियोगिता २०२०’ मा १४ जना प्रतिस्प्रधीहरुलाई पछि पार्दै लेटाङ नगरपालिका ,मोरङकी गरिमा अधिकारी प्रथम हुन सफल भएकी छिन् ।
‘जातीय विभेद र नेपाली समाज’ शिर्षकमा आफ्नो कुराहरु भिडियो रेकर्ड गरि पठाउनु पर्ने उक्त प्रतियोगितामा युट्युब भ्युअर्ससंगै निर्णायकहरुको पनि उत्तिकै मन जित्नुपर्ने प्रावधान रहेको थियो ।
करिब २ महिनाको अवधिमा मोरङ, ताप्लेजुंग, झापा, सुनसरी, खोटाङ, रामेछाप र बझाङ्गका १५ जना प्रतियोगीहरुले सहभागिता जनाएकोमा लेटाङकी गरिमा अधिकारीले प्रथम स्थान हासिल गर्दै नगद रु १५,००० र प्रमाणपत्र प्राप्त गरिन भने दोस्रो स्थान प्राप्त गर्दै ताप्लेजुङकी एलिना दियालीले रु १० हजार र प्रमाणपत्र प्राप्त गरिन ।
त्यस्तै स्पस्ट वक्ताको उपाधी संगै नगद रु ५ हजार र प्रमाणपत्र रामेछापकी पवित्रा खड्काले, प्रखर वक्ताको उपाधी संगै नगद रु ५ हजारर प्रमाणपत्र मोरङ पथरीशनिश्चरेकी सुप्रियाा खड्काले र बेस्ट पब्लिक स्पिकरको उपाधी संगै रु ५ हजार र प्रमाणपत्र बिराटनगरको अस्टिन कार्कीले प्राप्त गरे ।
यस कार्यक्रमको निर्णायक मण्डलीमा वरिष्ठ अधिबक्ता डा देउमान सम्बाहाम्फे, नेपाल जेसीज बर्ष २०२० का राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकर, पथरी बहुमुखी क्याम्पस प्रमुख चेतन पौडेल, मिस कस्मोपोलिटियन वर्ल्ड २०१९ प्रिया रानी लामा र मोटिभेसनल स्पिकर सुरेश राई रहेका थिए ।
कोरोना सन्क्रमण न्युनिकरण गर्न घरमा नै बसेका युवा वर्गहरुले खाली समयलाई बौद्धिक कार्यमा सदुपयोग गर्ने उत्प्रेरणा मिलोस भन्ने उदेश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको र भविष्यमा पनि यस्तै किसिमको अन्य कार्यक्रमहरु गर्दै जाने आयोजक गरिमा अनलाईनका प्रबन्ध निर्देशक सुमन कुरुम्बाङ्गले बताए ।
कोरोना सन्क्रमणको बर्तमान अवस्थालाई मध्यानअजर गर्दै अनलाइन लाइभ द्वारा नै नतिजा सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार