हास्य सिरियल ‘तितो पिरो’ले ५२ भाग पुग्यो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन २८, २०७७ बुधबार १९:५:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/titopiro_qjsV9aDQCW.jpg)
२८ साउन, काठमाडौं । हास्य सिरियल ‘तितो पिरो’ले ५२ भाग पुरा गरेको छ । गत बर्षबाट सुरुवात भएको यस सिरियलले कोरोना महामारीकाबीच पनि पनि आफ्नो प्रसारणलाई निरन्तरता दिदैँ ५२ भाग पुरा गरेको हो ।
रमाइलो टेलिभिजनबाट हरेक आइतबार बेलुका ८ बजेदेखि प्रसारण हुदैँ आएको छ ।
दर्शकको मन जित्दै ५२ भाग पुगेको सिरियललाई अझ राम्रो बनाउने यसका निर्माता अनिश खतिवडाले बताए । उनले भने, ‘हामीले सुख दुख गर्दै सिरियलाई ५२ भाग पुर्याएका छौँ । ५३ भागबाट सिरियललाई समसायिक हिसावले दर्शक माझ पस्कने छौँ र आगामी दिनमा तितो पिरोलाई दर्शकले अझ मन पराइदिनु हुनेछ । ’
यस सियिलमा रामचन्द्र अधिकारी, कुमार गजुरेल, डोल्मा, भोला अधिकारी, कसिस दाहाल,राजेन्द्र गिरी (गुन्द्रुके), धर्म भण्डारी, समिर राई, आइसा राई, दावा शेर्पा , श्रीदेव आचार्य , गंगा थापा,सीता रिजाल साथै बाल कलाकार कुशलमणी गजुरेल ,कृषा गजुरेलको अभिनय रहेको छ ।
कलाकार कुमार गजुरेलले भने, ‘सिरियलमा आफुले मधेसीको क्यारेक्टरमा अभिनय गरिहरेको छु । यस सिरियलमा फरक भुमिकामा देखिन पाउँदा आफुलाई निकै खुसी लागेको छ । यस सिरियलमा हिमाल पहाड तराई कोइ छैन पराई भन्ने सन्देश दिन खोजिएको छ । त्यसकारण यस सिरियलमा आफुले अभिनय गर्दा रमाइलोका साथै एकदमै उत्साहित भएको छु । ’
सिरियललाई पत्रकार तथा कलाकार भोला अधिकारी र अनिश खतिवडाले निर्देशन गर्दै आएका छन् । निर्देशक भोला अधिकारीले लकडाउन तथा कोरोना महामारीकाबीच सावधानिका साथ सिरियलको छायाँङ्कन गर्दै आएको बताए । सिरियलको स्कृप्टलाई धर्म भण्डारीले लेखेका छन् भने खिँच्ने काम समिर राईले नै गरेका छन् । यस सिरियलको सम्पादन अनिश कै रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार