अटेरी ओली सरकार
नेपालबहस संवाददाता
भदौ १४, २०७७ आइतबार १७:३२:४८
सम्पादकीय
१४ भदौ, काठमाडौं । उपत्यकालगायत धेरै ठाउँमा अहिले निषेधाज्ञा छ । अर्थात, सर्वसाधारणको दैनिकी बन्धक छ ।सरकारले लकडाउन नभने पनि स्थानीय प्रशासनको आडमा गरिएको निषेधाज्ञाले दैनिक मजदूरी गरेर गुजारा गर्नेको जीवन कष्टप्रद बनाइदिएको छ । मान्छे रोगले भन्दा भोकले मर्ने अवस्था बढेको छ । त्यस दिशामा सरकारले अहिलेसम्म कुनै चासो दिएको छैन ।
निषेधाज्ञा जारी भएयताको अवस्था हेर्दा संक्रमितको संख्या अझै तीब्र ढंगले फैलिएको पाइन्छ । दैनिक हजार जनाको दरमा संक्रमित थपिएका छन् भने मृत्युदर पनि बढेको छ । हिजै मात्र एकै दिन २० जनाले कोभिड–१९ कै कारण मृत्युवरण गर्नुपरेको छ । राजधानीमा पनि संक्रमण दर बढिरहेको छ । यद्यपि हिजो भने केही खस्किएको जस्तो देखिएको छ ।
झण्डै दुई सातादेखि जारी निषेधाज्ञाले संक्रमण र मृत्युदर नघटाएको देखिन्छ । यो अवधिमा सरकारले कोरोना रोकथामका लागि कुनै प्रभावकारी काम गरेन । निषेधाज्ञा जारी गरेपछि समुदायमा परीक्षण बढाउनुपर्नेमा सरकार उदासिन बनिदियो ।उल्टो अब लक्षण देखिएकालाई मात्रै परीक्षण गर्ने नीति अख्तियार गरेको पाइयो । यसले जोखिम अझै बढाइदिएको छ ।कोभिडबाट हुने मृत्युदर दक्षिण एशियामै नेपाल अग्रणी रहेको तथ्याङ्कसमेत सार्वजनिक भइसकेको छ ।
त्यसको मूलकारण भनेकै सरकारको लापरवाही हो । निषेधाज्ञा जारी भएपछि बढेको संक्रमणले प्रकोपको जटिलता प्रष्ट्याउँछ । साथै, प्रधानमन्त्री केपी ओलीको बकम्फुसे कुतर्क पनि हावादारी सावित भएको छ । नेपालीको प्रतिरोध क्षमता बलियो भएकाले बेसारपानी खाएरै कोरोना भगाउन सकिने उनको सार्वजनिक भनाई तथ्याङ्कहरुले गलत सावित गरिदिएका छन् । ओली सरकारको यस्तै अकर्मण्यता र उदासिनता कायमै रहे अब कोरोनासँग जित्न नेपाललाई ठूलै सास्ती हुने देखिन्छ । त्यसैले नागरिकको जीवन जोगाउने प्रष्ट कार्ययोजना र रणनीतिका साथ सरकारले तत्काल प्रभावकारी कदम चाल्नु जरुरी छ ।
बढ्दो संक्रमण र मृत्युदरले धेरै ठूलो संत्राश र जोखिम बढाएको छ । गम्भिर बिरामीको संख्या उकालोलाग्दो छ । यही ढंगमा संक्रमणको रफ्तार रहने हो भने उपलव्ध स्वास्थ्य पूर्वाधारले धान्ने अवस्था रहन्न । अस्पतालहरुमा अहिल्यै बेडको अभाव देखिन थालिसक्यो । यस्तै अवस्था रहँदा अक्सिजन सपोर्ट समेत ध्वस्त हुने छ । अहिलेसम्मको तत्याङ्क हेर्दा अधिकतम ज्यान गुमाउनेमा ४० देखि माथि उमेर समूहका रहेको पाइन्छ । यो उमेर समूहको जीवन रक्षा गर्ने संयन्त्र र उपचार सुविधा जुटाउनका लागि सरकारसँग कुनै योजना छैन ।
स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका मन्त्री भानुभक्त ढकालको अल्पज्ञान र अटेरीपनले सिंगो स्वास्थ्य प्रणाली नै थला परेको छ । मन्त्री ढकाल कोरोना रोकथाममा भन्दा कमिशन र भ्रष्टाचार गर्ने छिद्रको खोजीमा बढी केन्द्रित भएको मन्त्रालयकै जिम्मेवार कर्मचारी भन्दैछन् । तर प्रधानमन्त्री ओलीलाई यो प्रसंगले पटक्कै छुँदैन । किनभने उनको ध्याउन्न नै सत्ता जोगाउने र निकटवर्तीलाई सकेसम्म लुट्न छाडा छोड्नेतिर मोडिएको छ ।
अहिले निषेधाज्ञा लगाएका बेला सरकारले व्यापक पीसीआर परीक्षण गर्नुपर्ने थियो । संक्रमितहरुलाई बेलैमा आइसोलेशनमा राखेर सम्भावित संकटमोचन गर्न सकिन्थ्यो । यसै अवधिमा संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरेर उनीहरुलाई पनि दायरा भित्र राख्न सकिन्थ्यो । यो रितलाई व्यापक र प्रभावकारी बनाइएको भए संक्रमणको चेन टुटाउन सकिने थियो । यसो गर्न सकेको भए आइसीयु र भेण्टिलेटरसम्म पुग्ने बिरामीको संख्या न्यून गर्न सघाउ पुग्ने थियो । यसको राम्रो हेक्का राख्ने विज्ञहरुसँग सरकारले कुनै सल्लाह नै गरेन । गरेपनि उनीहरुको सल्लाह सुनेन । यसको मतलब ओली सरकारमा कोभिडसँग प्रभावकारी ढंगले लड्ने इच्छाशक्ति नै देखिएन । त्यसैको प्रतिफल अहिले हामी भोगिरहेका छौं ।
नागरिकलाई घरमा थुनेर निषेधाज्ञा जारी गर्नेभन्दा अरु केही काम सरकारले गर्न सकेन । जबसम्म परीक्षणको दायरा बढाइँदैन, तबसम्म संक्रमणको साङ्लो पनि भत्काउन सकिन्न । सबै काम भगवान भरोसे छाड्दाको परिणति हो अहिलेको अवस्था । सरकारको गैरजिम्मेवारी र लापरवाहीले यतिबेला संक्रमण समुदायमा नै फैलिइसकेको छ । अब सकेसम्म संक्रमण धेरैतिर नफैलियोस् भनेर सरकारले बेलैमा प्रभावकारी कार्ययोजना र मार्गचित्र कोरेर अगाडि बढ्नुको विकल्प छैन । त्यसका लागि विज्ञहरुको टोली बनाएर काम गर्न सक्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ वर्षमा सबैको कामना, हाम्रा नेतामा सद्बुद्धि पलाओस् !
बैशाख १, २०८१ शनिबार
शान्ति, सम्बृद्धि, सुशासन र सहमतिको वर्ष बनोस् २०८० !
बैशाख १, २०८० शुक्रबार
इतिहास र बाह्य आलोकमा राष्ट्रिय मेलमिलाप तथा एकता दिवस
पुष १८, २०७८ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार