कथा- नदेखेका सपनाहरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
भदौ १४, २०७७ आइतबार १७:३२:१६
Shares
![](https://nepalbahas.prixacdn.net/media/albums/madan-thapa_AbS98pnS10.jpg)
♦ मदन थापा
घरका अनेक तामझाम । महिलाकाे व्यस्त जीवन । चुलाेचाैकाे, खानपिन, स्याहारसुसार, खेतीबाली ,घरधन्दा अनि समाजकाे अर्मपर्म सबै । शिथिल परेकाे ज्यान तन्काउदै उनी । उता पालिमा बा’ काे रेडियाेले बाघ झैं गर्जिदै रेडियाे टाईगर फर्माउँदै थियाे । म भने निद्राको अर्धचेतमा । घ्यारघुर… घ्यारघुर..
” गुड इभिनिङ् सर ।” कक्षाका सारा विद्यार्थीहरु उठे ।
” थ्याङ्क्यू प्लिज । ह्याभ याेर सीट प्लिज ।” म फर्माएं ।
” यू आर वेलकम सर ” उनीहरुले स्वीकार्दै भने ।
बिहान ६:०० देखि ९:३० बजेसम्मकाे +२ कक्षा कार्यक्रम झण्डै १५ मिनेटकाे खाना अनि पून: ९:५५ भित्र दिवा स्कुल ४:०० बजेसम्मकाे थकानपछि करिब २० मिनेटकाे माेटरसाईकल यात्रापछिकाे नियमित अतिरिक्त कक्षा थियाे । बिबिएएस मेमाेरियल स्कुल ठाकुरद्वारा, बर्दियाकाे ।
माध्यमिक शिक्षा परिक्षा ( SEE ) लक्षित कक्षा १० । उत्कृष्ट नानीबाबुहरु, मिजासिला साथीहरु, सहयाेगी प्रशासन र साथका सारथी आदरणिय खडकप्रसाद उपाध्यााय सर । यिनकै ओत र मायाले उज्यालिन्थ्याे जाँगर अनि दिनभरिकाे गलस्त ज्यान ।
” सर आजकाे कक्षा कुन शीर्षकमा नि ?” युवराजले बोले ।
” ल तपाईहरु नै छान्नुस । जून अप्ठेराे लाग्छ । ” म बाेलें ।
” सर, संघीयताकाे अर्थ र विशेषता छलफल गराैं ल । याे नयाँ र गार्हाे लाग्छ ।” प्रकाश र आरतीकाे संयुक्त अनुराेध अनि अरुकाे पनि समर्थन आयाे ।
संघीयता नभाेगेकाे कुरा । सामाजिक संजालमा आफ्नाे कमजाेर दख्खल । अंग्रेजी माध्यमका ठुला किताब । सामाजिक जस्ताे बहुआयामिक विषय अनि तिखारिएका धारिला छुरा झैं विद्यार्थीहरु । चानचुने र टालटुले कुराले घण्टी कटाउन नसकिने । तेसै त बाेर्डकाे नतिजा ताक्ने क्षमताका विद्यार्थी । यसबारे अचेल झैं जानकार काेही नाई । जतिसुकै लाेकतन्त्रवादी भनि कुर्ले नि साेधे लाटिने सबै । भए र पाएसम्म किताब पढ्ने अनि पहुंच भए गुगल गुरु । संघीयताकाे नयाँ रसस्वादन कसरी गराउनु । केहीबेर घाेत्लिए ।
” बाबुनानीहरु ! संघीयता यस्ताे शासन प्रणाली हाे, जसमा केन्द्रीकृत शासन संरचनालाई विकेन्द्रीत गर्दै सिंगाे देशलाई स-साना स्वायत्त तथा केन्द्र नियन्त्रित प्रान्तहरुमा बाडिन्छ अनि स्थानीय, प्रादेशिक र संघीय सरकारहरु निर्माण गरि उनीहरुलाई आफ्नै माैलिक नीति, कार्यक्रम र बजेट निर्माणकाे अधिकार प्रदान गरिन्छ ।”
यस्तै यस्तै लामा छाेटा पढेका, टिपेका अनि खाेजेका व्याख्या पस्किदै कक्षा राेचक मै बित्याे । जे भएनि म याे विषयमा उनीहरुभन्दा बढी जानकार नै भए । विषयवस्तु पनि नयाँ भएरै हाेला नत्र याे जमानाका विद्यार्थी हुन । संघीयताकाे परिभाषा र अर्थ बताउँदै जाँदा कतै विश्व राजनीतिक व्यवस्थाकाे छेउसम्म पुगियाे त कतै याे व्यवस्था अंगालेका देशहरुकाे गन्तीसम्म ।
” तेसाे भा यसका विशेषताहरु के के हुन त सर ?” सागर बाेले ।
” ए ! ल सबैले कापीमा टिप्दै जाउं है । म क्रमशः लेख्दै व्याख्या गर्दै जान्छु ।” म बर्बराए अनि सेताेपाटीमा मेराे मार्कर रगडिन थाल्याे ।
१. शासनमा स्वायत्तता ।
२. विविध सरकारहरुकाे गठन।
३. केन्द्र नियन्त्रित प्रदेशहरु।
४. माैलिक बजेट र कार्यक्रम निर्माणकाे अधिकार ।
५. महंगाे शासन प्रणाली । ….. आदि ईत्यादि ।
” भाईबहिनीहरु यी र यस्तै अनेक विशेषताहरुका कारण याे व्यवस्था धेरै देशहरुले अंगालेकाे पाईन्छ यद्दपि याे महंगाे व्यवस्था हाे । देश संघीय संरचनामा जाँदा हामीले केन्द्रीकृत शासनबाट भाेगेकाे पीडा र अपमानबाट मुक्ति पाउछाैं । आफ्ना प्रान्तहरु र स्थानीय सरकारकाे गठन, संचालन र विकासमा तीव्रता आउँछ।”
म फर्माउदै गए । लाग्थ्याे म यसकाे विज्ञ हुँ । जनमैत्री विकासकाे डिजाईनर पनि । मैले बाेल्दै गएकाे संघीयताले सबैका चेहरा प्रशन्न देखें । लामा लमतन्न कालाेपत्रे चिल्ला सडकहरु । भीमकाय नेपाली महलहरु । नेपालीकाे उच्च आयस्रोत । उन्नत कृषि । कृषिजन्य र जडिबुटीकाे उच्च मुल्यमा पैठारी । उद्योग , कलकारखाना, नि: शुल्क शिक्षा र स्वास्थ्य । पर्यटन र जलविद्युतकाे व्यापक विकास अनि नागरिककाे उच्च जीवन बीमा…..। खासमा जनकल्याणकारी राज्य ।
मैले मेराे देशका भित्ताहरुमा संघीय रंग पाेतें । अथाह आम भेला गराई संघीयताकाे महत्व झल्काए । टल्काए । देशकाे समुन्नतिका लागि संघीयाताकाे आरती गरें । प्रशिक्षित गरें ।
ड्याङ्ग….ड्याङ्ग…. आवाज
“आज मिलिस नि ? हल्साप ! यिनी आतंककारीहरुलाई खल्ड्याउनुस । खुबै देश बदल्ने भाका !”
ड्याङ्ग……ड्याङ्ग….. फेरि आवाज
“तं क्रान्तिकाे तघाराे बन्छस । तलब खा । जाेईछाेरा पाल न सिधासाधा । हाम्राे सुराक गर्ने ?”
म मडारिए । बाैरिए । डराए अनि चिच्च्याए ।
“आमा .. आमा ?”
छ्या ! के भाे ? अलि उता सर्नुस ।
आँखा उघ्रे । मन हतासियाे । ओठ सुके । जगकाे एक घुट्की पानी पिए ।
बाहिरतिर
कखुरी कांं … कुखुरी कां…. ।
आमैको नुनतेलकाे जाेहाे थाप्ले भाले बास्याे । स्यालकाे हुइंया चल्याे अनि कुकुर भुक्न थाले । मैले घरिनालाई सबै सपनाकाे बेलिबिस्तार लाए ।
“तपाईले यति सबै सपना कसरी सम्झनु भाे ।” घरिनाले जिज्ञासा राखिन ।
“म शिक्षक । याे नयाँ विषयवस्तु । कण्ठ गर्ने पेशा र बानी भकाेले हाेला ।” मैले स्पष्टिकरण दिए ।
“तर तपाईले संघीयताका विशेषताहरु अझै छुटाउनु भाे नि ।” उनले जाेडिन ।
” भाेगेकाे र देखेकाे हैन ?
६. भ्रस्टाचारकाे विकेन्द्रीकरण ७. विधिगत भ्रस्टाचार ८. नेतृत्वकाे विलासी जीवन पद्दति ९. सरकारी बजेटकाे
मनाेमानी स्व विनियाेजन १०. हरेक कार्यकर्तालाई ठेकेदारमा रुपान्तरण…..
हाे यही सपना । याे भाेगेकाे र देखेकाे सत्यता । जून सपना देख्नु र भन्नुपर्थ्याे । छुटेछन् । नदेखेका सपनाहरु ।
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
असार २१, २०८१ शुक्रबार
बेलायती निर्वाचन : सुनकमा राजनीतिक स्पर्शको अभाव
असार २१, २०८१ शुक्रबार
दार्चुलामा बिहिबारदेखि निरन्तर वर्षा, बाढीपहिरोबाट १६ परिवार बिस्थापित
असार २१, २०८१ शुक्रबार
काठमाडौं प्रहरीको आधुनिक नयाँ भवन बन्यो, अब भद्रकालीबाट सेवा प्रदान गर्ने
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
असार २१, २०८१ शुक्रबार
सहज वातावरण नबनेको भन्दै पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
असार २१, २०८१ शुक्रबार