यस वर्षको गजल प्रतिभा पुरस्कार डा. निरजलाई
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ १४, २०७७ आइतबार १८:५१:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/niraj-bhattarai-gazalkar_DTwiEFuvOT.jpg)
१४ भदौ, पोखरा । यस वर्षको गजल प्रतिभा पुरस्कार डा.निरज भट्टराईलाई प्रदान गरिने भएको छ । गजल सन्ध्या, पोखराद्वारा गण्डकी प्रदेशका एक जना गजलकारलाई प्रदान गरिने पुरस्कार यस वर्ष तनहुँका गजलकार भट्टराईले नेपाली गजलमा पु¥याएका योगदानको कदर गर्दै प्रदान गरिने सन्ध्याका अध्यक्ष मोहन भण्डारीले जानकारी दिए ।
सन्ध्याका सल्लाहकार तथा पूर्व अध्यक्ष दीपक समीपको संयोजकत्वमा संस्थापक अध्यक्ष दिलिप दोषी र पूर्व अध्यक्ष बिर्सना बस्नेत सदस्य तथा अध्यक्ष मोहन भण्डारी र सचिव त्रुपक पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा गजल सन्ध्याले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङद्वारा आफ्ना पिताको स्मृतिमा स्थापित रु। १ लाखको अक्षयकोषबाट प्रदान गरिने पुरस्कारमा नगद रु। १५ हजार, ५ सय ५५, सम्मानपत्र र दोसल्ला रहेको छ ।
‘मेरो भन्नु केही छैन’ र ‘तलाश’ गरी २ गजलसङ्ग्रहका साथै ‘धुवाँको धागो’ नामक कवितासङ्ग्रह प्रकाशन गरिसकेका डा. भट्टराईका करिब १ दर्जन गीत र गजल रेकर्ड भएका छन् । यसअघि मोतीराम भट्ट–तन्नेरी गजल पुरस्कार र राष्ट्रिय शान्ति गीत पुरस्कारबाट पुरस्कृत प्रतिभा भट्टराईको ‘पल्लव’ नामक गीत–गजलको एल्बम पनि बजारमा आएको छ ।
तनहुँको भानु नगरपालिका–६, चुँदीमा जन्मेका उनी हाल मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पतालमा कार्डियो थोरासिक एण्ड भास्कुलर सर्जन तथा जनस्वास्थ्यविद्का रुपमा कार्यरत छन् ।
सो पुरस्कारबाट यसअघि रुपक वनबासी, इन्द्रकुमार विकल्प, गाविन्दराज विनोदी, कमल पौडेल ‘अथक’, दीपक समीप, आर। के। अदिप्त गिरी, कपिल शर्मा, जनार्दन दाहाल, जीवनपानी र बाबु त्रिपाठी पुरस्कृत भइसकेका छन् ।
सन्ध्याले मोती जयन्तीका अवसरमा एक वर्ष गजल प्रतिभा पुरस्कार र अर्को वर्ष गजल प्रतिभा सम्मान अर्पण गर्दै आएको छ । यस वर्ष भने कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिका कारण मोती जयन्तीकै अवसरमा प्रदान गर्न नसकिएको र स्थिति समान्य भएपछि प्रदान गरिने अध्यक्ष भण्डारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
असार २१, २०८१ शुक्रबार
बेलायती निर्वाचन : सुनकमा राजनीतिक स्पर्शको अभाव
असार २१, २०८१ शुक्रबार
दार्चुलामा बिहिबारदेखि निरन्तर वर्षा, बाढीपहिरोबाट १६ परिवार बिस्थापित
असार २१, २०८१ शुक्रबार
काठमाडौं प्रहरीको आधुनिक नयाँ भवन बन्यो, अब भद्रकालीबाट सेवा प्रदान गर्ने
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
असार २१, २०८१ शुक्रबार
सहज वातावरण नबनेको भन्दै पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
असार २१, २०८१ शुक्रबार