स्याङ्जामा सरकारी कर्मचारीमा कोरोना पुष्टी, स्थानीय त्रसित
नेपालबहस संवाददाता
भदौ १७, २०७७ बुधबार २३:११:४९
◊ प्रकाश डोटेल
१७ भदौ, स्याङ्जा । स्याङजामा करिब दुई हप्तापछि नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वाथ्य निर्देशनालय गण्डकी प्रदेशले निकालेको पछिल्लो प्रेस बिज्ञप्ती अनुसार स्याङ्जाको आँधीखोला गाँउपालिका वडा नम्वर १ का २८ बर्षीय पुरुषमा कोरोना पुष्टी भएको हो ।
संक्रमित पुरुष जिल्ला सरकारी वकिलको कार्यालय स्याङजामा कार्यरत कर्मचारी रहेको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार प्रहरी तथा जिल्ला प्रशासन कार्यालयले सरकारी वकिलको कार्यालय मार्फत विभिन्न मुद्दाहरु चलाउने काम गर्दै आएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार अब कन्ट्रयाक ट्रेसिङको काम शुरु गरिनेछ । सरकारी वकिलको कार्यालय जिल्ला प्रशासन कार्यालय स्याङजाको परिसरमा रहेको छ । स्याङजाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले संक्रमित व्यक्ति केही दिनदेखि अस्वस्थ्य भएपछि आफ्नै घरमा बस्दै आएको जानकारी दिए ।
स्याङजामा बुधबारसम्म ३ सय ११ जनामा कोरोना संक्रमण भएकोमा ३ सय ५ जना निको भएका छन्, भने २ जनाको ज्यान गएको छ त्यस्तै जिल्लामा सक्रिय संक्रमित चार जना मात्रै छन् । गएको भदौ ४ गते दुई जना सैनिकमा कोरोना संक्रमण देखिएको थियो भने त्यसपछि बुधवार मात्रै नयाँ संक्रमित थपिएका हुन् । शुन्य प्रायः बन्दै गएको कोरोना संक्रमण पुनः कर्मचारीमा देखिएपछि स्थानीय त्रसित हुन थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’
भदौ २६, २०८१ बुधबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी
असोज १३, २०८१ आइतबार
टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित
असोज १३, २०८१ आइतबार
बाढी पहिरोबाट अहिलेसम्म ९९ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सर्तकता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज १३, २०८१ आइतबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार