कांग्रेस भएकै कारण डा.सुनिल शर्मालाई फसाउन खोजे बिद्रोह हुनसक्ने
नेपालबहस संवाददाता
भदौ १८, २०७७ बिहिबार १८:५९:४९
♦ एसके बाँस्कोटा
नेपाल भनेको एकथरीले काठमाडौं मात्र सोच्छ्न । त्यसमा पनि संभ्रान्त कहलिएका उच्च घरानीया वर्गले एकटकले जटिल र चुनौतीपूर्ण बन्दै गईरहेको मेडिकल कलेज व्यवसाय अनि व्यवस्थापनमा डा. सुनिल शर्मा परिवारको हात्ती झैं लम्कदो कदमलाई आश्चर्यजनक ढंगले हेरिरहेका छन् ।
राजधानीमा धन भएको तर मन नभएको सामन्त वर्ग आज डा. सुनिल शर्माका मानविय सेवाप्रतिको योगदानलाई सन्देहमा राख्दैछ । राजनीतिक पुर्वाग्रह राखेर डा. सुनिल प्रति बुझ्क्कडको बोलाई हेराई सामान्य होइन । रातारात धनी भएका नेता कार्यकर्ताहरुमा आत्मबिश्वास र भिजन नभएकाहरुले डा. सुनिलको ह्वाईट मनि र लोनबाट काठमाडौं मेडिकल कलेजको अनुरोधमा मोडिएको यात्रालाई निकै ग्लानी, अफसोच, असन्तुष्टिले हेर्दैछ्न् ।
यद्यपि मेडिकल कलेजका शेयरधनीलाई उपयुक्त मूल्य पाउँदाको मुस्कान, तृप्ति, विजयभाव आदि–इत्यादि सबै विशेषणले भरिपूर्ण एउटा अजिबको हेराई डा. सुनिलको अध्यक्ष पदमा सौहद्रतापुर्ण ताजपोशीमा देखिएको थियो । कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधिर शर्माको प्रयोगशाला पढने हो भने भारत र चीनका राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म पहुँच भएका डा. सुनिल रहस्यमयी पात्र नभएर प्रचण्ड र गिरिजाबाबूसहित नेपालको शान्ति प्रक्रियाको सुत्रधार, नायक अनि प्रमुख हिडेन हिरो नै देखिन्छन् ।
सामाजिक सेवामा नोबेल पुरुष्कार पाउने संभावना बोकेका डा. सुनिलले भारत सरकारद्वारा माहत्मा गान्धी अन्तर्राष्ट्रिय शान्ति पुरुष्कार समेत पाईसकेका छन् । आज मोरङ्ग मात्र होईन सिङ्गो प्रदेश १ र मधेश प्रदेशका गरिब र बिपन्न वर्ग अहिले डा. सुनिलको मनकारी स्वभावको कारण निशुल्क र न्युनतम शुल्कमा बिश्वस्तरीय सेवाको अरु मेडिकल कलेजसँग मुल्यांकन र तुलना गर्दै हिडेका छन् । लोकतान्त्रिक मूल्य मान्यतामा अडिग डा. सुनिलले राजधानीमा रहेका ७७ जिल्लावासीको स्वासस्थ्य सेवा गर्न खोजेको बेला केही व्यक्तिले रिस र आवेग व्यक्त गर्नु मानसिक दरिद्रता मात्र हुनेछ ।
साम्यवादी शैलीबाट काठमाडौं मेडिकल कलेज र नयाँ व्यवस्थापन विरुद्ध लागेर पद्धतिलाई असफल बनाउनु भनेको नेपालको राजधानीको मुटु अनि नम्बर १ स्वास्थ्य शिक्षण अस्पताल नै असफल भै बर्सेनी अर्बौं मुद्रा विदेशिनु मात्र हो । त्यसैले सबै सकारात्मक भै डा. सुनिल र काठमाडौं मेडिकल कलेज नयाँ व्यवस्थापन समुहलाई सहयोग गरौं । कुनै पनि मानिस राजनीतिक आस्थाले होइन, क्रियाकलापले कानुनी सजायको भागिदार हुन्छ । कोरोना संकटमा मान्छेलाई बचाउछु अनि जनताको स्वास्थ्य सेवाप्रति ऋण र रिस्क लिएर पनि समर्पित हुन्छु भन्दा सरकार पक्षहरूले मिडियामा नचाहिदो छाप्नु र बोल्नु गैर लोकतान्त्रिक चरित्र हो ।
डा. सुनिल विचारले नेपाली कांग्रेसका नेता हुन् अनि सिद्धान्ततः बीपी र गिरिजाप्रसाद कोइरालाका अनुयायी हुन् । उनी दुई तिहाईको साम्यवादी सत्ताका हिमायती र विरोधी दुबै होइनन् । उनी व्यवसायिक रुपमा पनि वामसत्ताको जनतालाई निशुल्क वा न्युनतम मूल्यमा स्वास्थ्य, शिक्षा दिनुपर्ने नीतिको बिरोधि पनि होईनन् । स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग डा. सुनिलको चुनावी लडाई हिजो भयो । तर त्यो जनताको सेवा गर्ने माध्यम मात्र हो । चुनावी हारजीत अनि सरकार र सत्ताले राजनीतिक विचारमा आधारित भएर कुनै पनि लगानीकर्ताको व्यवसाय अवरुद्ध गर्न खोज्दैन् । नत्र सर्वत्र बिद्रोह पनि हुनसक्छ ।
केही पटमूर्ख मान्छे प्रश्न गर्छन, आज अस्वाभाविक रूपमा कसरी हिजोको सर्वसाधारण मान्छे ठूलो लगानीकर्ता भयो ? नोवेल मेडिकल कलेजबाट हरेक बर्ष उत्कृष्ट करदाता पुरुष्कार पाउने डा. सुनिलले कुनै कालोधन चोर बाटोबाट नल्याएको आफै प्रष्ट हुन्छ । देशव्यापी रूपमा जग्गाको मूल्य बढनु अनि बुद्धि र आँट भएका मानिसलाई फाइदा हुनु र बैंकले पत्याउनु अपराध हो र ? हिजो लोकमान सिंह कार्कीदेखि चुडामणि शर्मा जस्ता दर्जनौंले तत्कालीन राज्य र सरकारको ईशारामा सबै निकायहरुले उनको विरुद्ध छानबिन गरि योजनाबद्ध तरिकाले षड्यन्त्र गर्दा पनि कही बतै कुनै गलत श्रोत र लगानी नभेटेपछि क्लिन चिट दिएसरह सबै चुप लागेका थिए ।
स्मरणरहोस्, डा. सुनिल नेपालका पुर्वराजा ज्ञानेन्द्र झैं यतिबिध्न सहनशील पनि होइनन् कि कानुन बमोजिम झापाबाट काठमाडौं आउने पास हप्तौं दिन लट्काएर अनि फेरि दिएर बदर गर्दा पनि सहेर बस्न सक्ने ? डाक्टर सुनिलको इतिहास र सहयोगी मित्रहरु पनि आईलाग्ने माथि जाईलाग्ने भएकाले अनावश्यक लान्छना नलगाईयोस् । नेपालको प्रचलित कानुन बमोजिम विभिन्न बैंकको सुनिश्चित कर्जा लगानीमा पनि नकारात्मक लेख्नेहरुले बुझ्नुपर्छ कि प्रतिपक्षी दलको केन्द्रिय नेता रहेका डा. सुनिललाई राजनीतिक पुर्वाग्रहमा फसाउन खोजेमा गम्भीर संकट उत्पन्न हुनेछ ।
सरकारी सत्ता र शक्तिको दुरुपयोग गर्न खोजिए अहिलेको लकडाउन अनि आर्थिक, सामाजिक कठिनाईमा डा. सुनिल मात्रै होईनन् हजारौं लगानीकर्ताहरु जनताको साथ लिएर भोलि सडकमा ओर्लिदा कुनैपनि शक्ति केन्द्रबाट संचालित अख्तियार र सम्पत्ति शुद्धिकरणले गलत निर्णय गर्न सक्दैन् । कसैलाई राजनीतिक राजमार्ग सफा गर्ने निहुँ सरकारको कुनै निकाय र कर्मचारी प्रयोग गरिए सबै षड्यन्त्रकारीहरु नै सति जानुपर्ने अवस्था नआउला भन्न सकिन्न ।
(लेखक गणतान्त्रिक खबरका सम्पादक हुन् ।)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
निजी क्षेत्रको मनोबल बढाएमात्र बजेट कार्यान्वयनमा सहज हुन्छः पूर्वअर्थमन्त्रीहरु
जेठ २०, २०८१ आइतबार
महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ: अध्यक्ष नेपाल
जेठ २०, २०८१ आइतबार
छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति
जेठ २०, २०८१ आइतबार
सर्वोच्चले गोविन्दराज जोशीविरुद्धको फैसलाको निर्णय साउन १३ गते सुनाउने
जेठ २०, २०८१ आइतबार
उदयपुरमा फेरि तीन सय केजी गाँजा बरामद
जेठ २०, २०८१ आइतबार
सकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी
जेठ २०, २०८१ आइतबार