कांग्रेस साहसी नेता उपाध्यायको सम्झनामा श्रद्धाञ्जली सभा
नेपालबहस संवाददाता
भदौ २०, २०७७ शनिबार २१:१६:२५
◊ धीरुभाइ
२० भदौ, सप्तरी । नेपाली कांग्रेस राजविराज वडा नम्बर ४ ले कांग्रेस पूर्व क्षेत्रीय सभापति, नेविसंघ संस्थापक नेता एवं राजविराज नगरपालिका पूर्व उपमेयर मुरारी प्रसाद उपाध्यायको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
बुथ सभापति श्याम शर्माको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य एवं पूर्व गृह राज्यमन्त्री रामकुमार चौधरीले कांग्रेसमा मुरारीको योगदान बारे चर्चा गर्दै उनको निधनले राजनीतिक क्षेत्रमा अपूरणीय क्षति भएको बताए ।
सभामा नेपाली कांग्रेस जिल्ला सचिव रामकुमार यादव, पूर्व जिल्ला सचिव सुशिल सेवा, प्रदेश नं.२(ख) का अध्यक्ष ईर्साद अंसारी, प्रदेश नं.२ (क) का अध्यक्ष अरूण मंडल, महाससमिति सदस्य ध्रुव देव, बिन्दु प्रसाद साह, नगरका पूर्व सभापति कपलेश्वर प्रसाद साह, नेबिसंघका जिल्ला सचिव रामानन्द देव, राजविराज ५ का वडा सदस्य पार्थो सरकार, बुथ समितिका सभापतिहरू आनन्द झा, ईश्वर शाह, विशेश्वर प्रसाद साह, ईन्द्र नारायण शाह, मुस्लिम संघ जिल्ला सभापति मो.यूसुफ, राष्ट्रिय फुटबल प्रशिक्षक राजकुमार परियार, निर्माण व्यवसायी संघ सप्तरी पूर्व सभापति रामअशिष प्रसाद साह, नेविसंघ संस्थापक सदस्य एवं मुरारीको कार्यसमितिका सदस्य राजेन्द्र प्रसाद साह समेतले उनको योगदानको चर्चा गर्दै एक साहसी, निष्ठावान नेता गुमाएको बताए ।
भदौ ५ गते राजविराज वडा नम्बर ७ बस्ने ७७ वर्षीय उपाध्यायको काठमाडाैं स्थित उपचारको क्रममा मृत्यु भएको थियो । उनको कोरोना रिपोर्टमा पोजेटिभ देखिएको थियो । मृत्यु पश्चात काठमाण्डौंमै उनको अन्तिम संस्कार पनि गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीका चौबिस गाउँ बाढीको उच्च जोखिममा
असोज १२, २०८१ शनिबार
मधेशका मुख्यमन्त्री सिंहले सार्बजनिक गरे सय दिनको काम
असोज ९, २०८१ बुधबार
मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु
असोज ८, २०८१ मंगलबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित
असोज १३, २०८१ आइतबार
बाढी पहिरोबाट अहिलेसम्म ९९ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सर्तकता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज १३, २०८१ आइतबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार