मानवीय सहायतामा सक्रियता देखाउँदै कांग्रेस युवा नेता शाही
नेपालबहस संवाददाता
भदौ २२, २०७७ सोमबार २३:३६:२
२२ भदौ, कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं. २ निवासी धनशोभा विश्वकर्माले सेरीघाटस्थित कर्णाली राजमार्गको किनारमा झण्डै दुई गाडी गिट्टी कुटेकी छन् । उनको श्रीमान भारतमा छन् । घरमा छोरा छोरीहरु सहित ७ जनाको परिवार छ । सधै गिट्टी कुटेर भारी बोकेर कमाएको पैसाले उनको चुलो बल्थ्यो ।
तर आज भोली उनले कुटेका गिट्टी पनि बिक्रि भएका छैनन् । भारी बोक्ने काम कोरोनाका कारण बन्द भएको ६ महिना पुग्यो । घरमा चामल, दाल छैन् । दैनिक उपभोग्य सामानहरु नहुँदा पेट कसरी पाल्ने भन्ने चिन्ता छ ।
लकडाउनका बेलादेखी नै छिमेकीसँग चामल मागेर सापट लिएर चुलो बल्यो । वडा कार्यालय र नगरपालिकाले वितरण गर्ने राहतमा उनको नाम समावेश भएन् । उनी लगायत खाँडाचक्र नगरपालिका वडा नं. २ का ६० जना विपन्न परिवारहरु वडा कार्यालय र नगरपालिका घेराउ सम्म गरे । पछि राहत दिउला भनेर आश्वासन मिल्यो । तर राहत मिलेन् ।
उनीहरुले अहिले नेपाली कांग्रेसले राहत वितरण गरेको छ । चामलको बोरा लिएर घर फर्किदै गरेकी धनसोभा बिकले खुसी हुँदै भनिन्, ‘कांग्रेसले ठुलो राहत दियो ।’ स्थानिय सरकारले राहत नदिएपछि प्रतिपक्ष दल कांग्रेसलाई राहतको पहल गरिदिन आग्रह गरिएको थियो ।
सोही अनुसार कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही, तारा शाही र पदमबहादुर शाहीले दाल, चामल, साबुन लगायतका दैनिक उपभोग्य सामानहरु किनेर गरीब दिनदुखीलाई राहत वितरण गरेका हुन् ।
यस्तै राहत पाएपछि स्थानीय बुद्धि विश्वकर्माले भने, ‘कांग्रेसका नेताहरुले राहत मात्र दिएनन् । गाँउका सबै विपन्न परिवारमा खुसी दिए ।’ यस्तै अर्का स्थानीय बालकौरा परियार भन्छन्, ‘लकडाउनपछि काम नपाएर बिजोग थियो । सरकारले निश्चित मान्छेहरुलाई खाद्यान्न दियो, हामीलाई दिएन् । छाक टार्नै समस्या भईरहेका बेला चामल पाईयो ।’
नेपाली कांग्रेसबाट २०७४ सालको प्रतिनिधि सभामा पराजित उम्मेद्वार भुपेन्द्रजंग शाही, २०७४ सालमा सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा खाँडाचक्र नगरपालिकाको प्रमूखमा पराजित पदमबहादुर शाही र कांग्रेस नेतृ निर्माण व्यवसायी संघकी केन्द्रीय सदस्य तारा शाहाले व्यक्तिगत रुपमा लगानी गरी खाँडाचक्र नगरपालिका १ र २ का २ सय विपन्न परिवारहरुलाई राहत वितरण गरेका हुन् ।
कांग्रेस युवा नेता शाहीले सबै घरपरिवारलाई राहत वितरण गर्ने बताएका छन् । उनका अनुसार प्रति परिवार २० किलो चामल, दुई किलो दाल, एक पोका तेल, मास्क लगायतका सामग्रीहरु दुई सय घरपरिवारलाई वितरण गरिएको छ । जिल्लाभरीका बाढीपीडित तथा विपन्न परिवारलाई कांग्रेसको तर्फबाट गाँउ गाँउमा राहत वितरण गर्न थालिएको युवा नेता शाहीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने
असार १२, २०८१ बुधबार
वर्षा नहुँदा जुम्ली किसानलाई रोपाइँमा समस्या
असार ६, २०८१ बिहिबार
कति छ कर्णालीको पुँजीगत खर्च ?
असार २, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै
असार १२, २०८१ बुधबार
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
असार १२, २०८१ बुधबार
एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ
असार १२, २०८१ बुधबार
एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने निर्णय
असार १२, २०८१ बुधबार
नेप्से दोहोरो अंकले घट्यो, चार अर्ब भन्दा बढीको कारोबार
असार १२, २०८१ बुधबार
रहस्यमय मृत्युलाई लिएर कराँचीमा उच्च सतर्कता अवलम्बन
असार १२, २०८१ बुधबार