ढोरपाटनको आधादर्जन बस्ती क्षेत्रमा खानेपानीको समस्या
नेपालबहस संवाददाता
भदौ २६, २०७७ शुक्रबार २३:३७:१
२६ भदौ, गलकोट । बाढीले खानेपानी योजनाको मुहानसँगै पानी वितरण गरिने मुख्य ट्यांकी बगाउँदा बागलुङको ढोरपाटन नगरपालिकासहित आधादर्जन बस्तीमा खानेपानीको समस्या भएको छ ।
ढोरपाटनको भूजिखोलामा आएको बाढीले सो क्षेत्रमा पानी वितरण गर्ने पाइप लाइन, मुहान र ट्यांकी क्षतिग्रस्त बनाएपछि खानेपानीको समस्या भएको हो । यही भदौ १७ गते राति आएको बाढीले सो क्षेत्रका आधा दर्जनभन्दा बढी गाउँका ८० घर बगाएको छ भने ७० घरमा क्षति पुगेको छ । बाढीमा हालसम्म २१ जनाको मृत्यु भइसकेको छ भने १७ जना अझै वेपत्ता छन् ।
ढोरपाटन नगरपालिका–९ स्थित सुर्तिवाङमा पहाड फुटेर खसेको पहिरोले भूजिखोला थुनेर बाढी ल्याएको थियो । बाढीले ढोरपाटन नगरपालिका–९ का बस्ती बगाएपछि आफन्तकोमा आश्रय लिएका बाढीपीडितले खानेपानी नपाएको गुनासो गरेका छन् ।
बाढीले क्षति पु¥याएको ढोरपाटन नगरपालिका–९ का द्वार, फल्लेघर, सुप्राङ, घट्टेपानी, दुनेपधेरा, भुसुन्दे, सुकुरुदुङ र लाकुरीबोट गाउँमा खानेपानीको समस्या भएको स्थानीयवासी सम्मरबहादुर बिकले बताए । “सडक, सञ्चार, खानेपानी नहुँदा सर्वसाधारण समस्यामा छन्”, उनले भने, “घरखेत त बाढीपहिरोले लग्यो, गाउँ छाडेर आफन्तको शरणमा छौं, पानीसमेत खान पाइएको छैन ।” शुद्ध पानी पिउन नपाउँदा झाडापखलाले विस्थापितलाई सताउन सक्ने चिन्ता थपेको उनको भनाइ छ ।
बाढीपहिरोले पानीको मुहान बगाएकाले खानेपानीको समस्या भएको लाकुरीबोटका भीम बहादुर बिकले बताए । “बाढीले विभिन्न ठाउँका खानेपानी मुहान, वितरण लाइनका पाइप र ट्यांकीसमेत बगाउँदा समस्या भएको छ”, उनले भने, “घरैको धारमा आउनेपानी बाढीका कारण बन्द भएकाले २० मिनेट हिडेर कुँवाको पानी लिन जानुपर्ने बाध्यता छ ।”
तत्कालै खानेपानीको व्यवस्थापन गर्न समस्या भएको ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष हरीबहादुर घर्तीले बताए । उनका अनुसार बाढीले २० किलोमिटर क्षेत्रमा क्षति पु¥याएका कारण तथ्याङक सङ्कलनमा केही समस्या भएको छ । राहत र उद्धारमै खटनुपरेका कारण खानेपानीतर्फ ध्यान पु¥याउन समस्या भएको हो । “बस्ती नै बगाएको छ, खानेपानी, विद्युत् तथा सञ्चार बिच्छेद भएका छन्” उनले भने, “खानेपानीको पुरानो अवस्था कस्तो थियो भन्ने नै छैन, तत्कालै राहत र उद्धारमा लागेका कारण खानेपानीको व्यवस्थापन हुन सकेको छैन ।”
अझै वर्खाको समय भएकाले बाढीग्रस्त क्षेत्रभन्दा केहीमाथी मूलभएपनि हिउँदमा खानेपानीको चरम समस्या हुने अनुमान गरिएको छ । बाढीले बस्तुभाउ समेत बगाउँदा दुर्घन्दको जोखिम समेत उतिकै रहेको छ । शुद्धपानीको अभावमा खोल्साको पानी पिउँदा झाडापखला तथा अन्य रोगको समेत जोखिम सम्भावना रहेको स्थानीयवासी बताउँछन् ।
तत्काल किटाणु मार्ने औषधि हालेर खानेपानीमा प्रयोग गर्नका लागि गण्डकी प्रदेश सरकारले सम्बन्धित सबैमा आग्रह गरेको छ । यसका लागि प्रदेश सरकारले आवश्यक औषधिसमेत बाढीपीडितलाई वितरण गर्न थालेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार