खुले मकवानपुरका सरकारी कार्यालय
नेपालबहस संवाददाता
भदौ २८, २०७७ सोमबार २:२:१९
२८ भदौ, मकवानपुर । जिल्लाका स्थानीय निकायहरु र विभिन्न सरकारी कार्यालयले सामाजिक दुरी कायम गर्दै आजदेखि सेवा प्रवाह गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लामो समयदेखि जारी लकडाउन र निषेधाज्ञा हटाइएपछि जिल्लाको स्थानीय निकाय र विभिन्न सरकारी कार्यालयले सर्वसाधारणलाई सेवा दिन थालेका हुन् ।
कोभिड–१९ को रोकथाम तथा नियन्त्रणलाई मध्येनजर गर्दै यहाँका कार्यालयले जग्गा रजिस्ट्रेसन र नामसारी तथा विद्युत महसुलको काउन्डर खुल्ला गरिनुको साथै जिल्ला प्रशासनमा आएका नागरिकलाई नागरिकता र राहदानीका लागि निदेवन लिन थालेको प्रजिअ दीपकराज नेपालले बताए ।
यसैगरी, मकवानपुरको ८ वटा गाउँपालिका, थाहानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडाहरुमा नागरिकता र जग्गा नामसारिको सिफारिस, घर–जग्गाको मालपोत कर असुली र वैदेशिक रोजगारीको लागि जाने व्यक्तिको लागि सिफारिससमेत आजदेखि दिन शुरु गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरले वातावरण र कृषि क्षेत्रका सकारात्मक अभ्यास पछ्याउने
असोज १०, २०८१ बिहिबार
बागमती सरकारद्वारा ६७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक
असोज ६, २०८१ आइतबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार