ट्राफिक प्रहरीको अभियान : तपाईको मास्क खोई ?
नेपालबहस संवाददाता
असोज १, २०७७ बिहिबार २१:३०:७
१ असोज, कर्णाली । लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएपछि ट्राफिक प्रहरीले ‘तपाईको मास्क खोई ? ’ अभियान शुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आजदेखि बसपार्क तथा चेकिङ पोष्टहरुमा यात्रुले मास्क लगाए÷नलगाएको निगरानी गर्न यस्तो अभियान सञ्चालन गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख उदयसिं सिँजापतिले कोरोना भाइरसको महामारीबाट जोगिन तथा यात्रामा अनिवार्य मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले अभियान शुरु गरिएको बताए । “मास्क, पञ्जा र सेनिटाइजरको प्रयोगले कोरोनाबाट बच्न मद्दत पुर्याउँछ, मास्क नहुने यात्रुलाई मास्क पनि दिएका छौँ,” उनले भने, “बुझेर पनि लापरबाही गर्ने बानी भएकाले स्वास्थ्य सुरक्षाप्रति सर्तक रहन अभियान चलाएका हौँ ।”
सुर्खेत बसपार्कमा ट्राफिक प्रहरी ‘तपाईको मास्क खोई ? ’ लेखेको प्लेकार्ड लिएर बसिरहेका हुन्छन् । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा प्रदेशका सबै जिल्लामा यो अभियान लागू गरिएको बताइएको छ ।
अभियानको पहिलो दिन आज सुर्खेतमा ट्राफिक प्रहरीले २०० थान मास्क, १०० थान पञ्जा वितरण गरेको छ । यो अभियान वीरेन्द्रनगर प्रवेश गर्ने सुब्बाकुना, बाङ्गेसिमल, कपासे तथा मुख्य चोकहरुमा लागू छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संविधानको अक्षरश : पालनाबाट नागरिक अधिकार सुनिश्चित’
असोज ३, २०८१ बिहिबार
बाटो पहिरो आएर भत्किँदा दुई दिनदेखि विद्यालय बन्द
भदौ २९, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार