चीनसँगको सीमा विवादमा हुम्लाका सहायक सीडीओले मागे माफी !
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार १७:२६:४६
९ असोज, काठमाडौं । चीनसँगको सीमा विवादका क्रममा हतारमा अभिव्यक्ति दिएको भन्दै हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले माफी मागेका छन् । चीनले नेपाली भू–भाग अतिक्रमण गरेको भनी विवादास्पद अभिव्यक्ति दिएका हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी हमालले गल्ती बोलें, क्षमा चाहन्छु भन्दै माफी मागेका हुन् ।
गृह मन्त्रालयले सोधेको स्पष्टीकरणमा हमालले आफूले हतारमा अभिव्यक्ति दिँदा गल्ती भएको पनि बताएका छन् । गृहको प्रशासन महाशाखामा बिहीबार दिउँसो स्पष्टीकरण पत्र पठाउँदै हमालले स्थानीयले भनेको कुरामा विश्वास गर्दा आफूबाट गल्ती भएको पनि दाबी गरेका छन् ।
सहायक प्रजिअ हमालले नाम्खा गाउँपालिका–६ लिमीमा ११ नम्बर सीमास्तम्भ नै गायब भएको र चीनले एकतर्फी रूपमा भौतिक संरचना बनाएको भन्दै छानबिनका लागि स्थलगत प्रतिवेदन तयार पारेका थिए । उनलाई यो कामका लागि अनुमति र निर्देशन थिएन ।
उनको प्रतिवेदन पाएपछि गृह मन्त्रालयले नापी विभागसँग जानकारी लिएर सहायक प्रमुख जिल्ला अधिकारी हमालको दाबी गलत भएको बताएको थियो । पछि वास्तविकता नबुझेर हतारमा सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएर गलत हल्ला फैलाएको भन्दै गृह मन्त्रालयले बुधबार स्पष्टीकरण सोधेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संविधानको अक्षरश : पालनाबाट नागरिक अधिकार सुनिश्चित’
असोज ३, २०८१ बिहिबार
बाटो पहिरो आएर भत्किँदा दुई दिनदेखि विद्यालय बन्द
भदौ २९, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार