रुसबाट २ करोड ५० लाख डोज भ्याक्सिन नेपाल ल्याउने सम्झौता
नेपालबहस संवाददाता
असोज १३, २०७७ मंगलबार २३:१:२२
१३ असोज, एजेन्सी । नेपालले रुसबाट २ करोड ५० लाख डोज कोरोना भाइरसको भ्याक्सिन आपूर्ति गर्ने भएको छ । मंगलबार रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच भ्याक्सिन आपूर्ति गर्ने सम्झौता भएको हो ।
यद्यपी अहिलेसम्म भ्याक्सिन पूर्ण रुपमा सफल परीक्षण भइसकेको छैन् । तेस्रो चरणमा रहेको भ्याक्सिन अब चाँडै पूर्ण रुपमा परीक्षण सफल हुने सम्भावना रहेकाले सम्झौता भएको हो । ट्रिनिटी फर्मास्युटिकलको माध्यमबाट नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन स्पुतनिक–भी वितरण हुने जनाइएको छ।
रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्डले आफ्नो खोप विश्वभर निर्यात गरिरहेको छ। फन्डले भारतमा एक सय मिलियन डोज भ्याक्सिन पठाउने बताइसकेको छ। यो भ्याक्सिन भारतमा पनि परीक्षण हुने क्रममा छ।
रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको स्पुतनिक–भी भ्याक्सिनलाई केही समय अगाडि मात्र त्यहाँको सरकारले प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो।
राष्ट्रपति भ्लादमिर पुटिनले उक्त भ्याक्सिन आफ्नो छोरीमा पनि परीक्षण गरेको दाबी गरेका थिए। तर तेस्रो परीक्षण नगरी भ्याक्सिन प्रयोगका लागि स्वीकृति प्रदान गरेका कारण विश्वभरका विज्ञहरुले रुसी कार्यको आलोचना गरेका थिए।
हाल रुसको उक्त खोप विश्वका विभिन्न स्थानमा परीक्षण भइरहेका छन्। खोपले सकरात्मक नतिजा दिएको पनि वैज्ञानिकहरुको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार
आजदेखि भिटामिन ए खुवाइँदै
बैशाख ६, २०८१ बिहिबार
अनलाइन फार्मेसी बन्द गर्न विभागको निर्देशन
चैत १४, २०८० बुधबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार